लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रामजानकी शिव मन्दिर मंगलापुरमा धुमधाम महापुराण तथा महाआरती सहित कथाप्रवचन

IMG

तिलोत्तमा। तिलोत्तमा—९, मंगलापुर स्थित रामजानकी शिव मन्दिर (कुटी) मा श्रीमतद्भागवत महापुराण तथा श्रृगारिक महाआरती २०८२ शुरु भएको छ । मन्दिरको जिर्णोद्धार, प्राचिन पोखरीको उचित ब्यवस्थापन र धर्म सस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित धार्मिक अनुष्ठान माघ २३ गतेसम्म सन्चालन हुनेछ ।महायज्ञको शनिबार उद्घाटन गर्दै तिलोत्तमा उपप्रमुख जागेश्वरी चौधरीले धार्मिक पर्यटनका हिसाबले समेत महत्वपुर्ण मानिएको रामजानकी शिव मन्दिरलाई जिर्णोद्धार र विकाश गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।


महायज्ञमा पण्डीत चन्द्रकान्त काफ्लेले कथावाचन गर्नुको साथै राष्ट्रियस्तरका कलाकारबाट दैनिक रुपमा झाँकीसहित भजन कृतन सहित झाँकी र महाआरती एबम महाभजन कार्यक्रम हुँदै आएको छ । चौथो पटक आयोजना गरिएको महापुराण तथा महाआरती अवधिमा विभिन्न धार्मिक कार्यक्रमहरु समेत आयोजना गरिएको  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमेन्द्र रानाले जानकारी दिनुभयो ।


समितिका पूर्व अध्यक्ष गणेश शर्माले महापुराणबाट बचत हुने रकमले मन्दिर क्षेत्रमा दिब्यधाम तथा पूर्वाधार निर्माणको काम गरिने बताउनुभयोे । समितिका सचिव धिरज पुन मगरले महापुराण अवधिभर हुने धार्मिक गतिविधिमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।बिहानै देखि पुजा अनुष्ठान, दिउसो कथा प्रबचन , दानपुण्य, बाजा गाजा सहित दानबिरहरुलाई सम्मान, भण्डारा सहित साँझ महाआरती , भजन हुने आयोजकले जनाएको छ ।   

 

कमेन्ट गर्नुहोस्