
भलवारी। अहिले घरमा या अफिसमा सिसिटिभी अत्यन्त जरुरी भैसकेको छ। भविष्यमा आउन सक्ने दुर्घटनालिई मध्येनजर गर्दै अहिले सिसिटिभी हरेक घरमा अनिवार्य भैसकेको छ। यहि तथ्यलाई मध्येनजर गर्दै सूचना तथा प्रविधि, सेक्युरिटी र अटोमेसनसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यसहित तिलोत्तमाको भलवारीमा एसके कम्प्युटर मर्मत केन्द्र सञ्चालनमा आएको छ । भलावारिको आयल निगम साइड भलवारी तिनाऊ मार्गको हाइवे देखि १०० मिटरमा एसके कम्प्युटर मर्मत केन्द्र खुलेको हो ।
परम्परागत व्यवसायलाई आधुनिक शैलीमा सञ्चालन गर्नुपर्छ भन्ने सोचका साथ भलवारीमा एसके कम्प्युटर मर्मत केन्द्र सञ्चालनमा ल्याएको संचालक संजय गुप्ताले बताए। गुप्ताले भलवारी तिलोत्तमा तथा आसपासका क्षेत्रमा सेक्युरिटी सिस्टमलाई प्राथमिकतामा राखेर सेवा सुरु गरेका हुन् । ‘सफ्टवयर वेवसाइटदेखि आइसिटी एसेसरिजहरुको सम्पूर्ण सेवा यहाँबाट उपलब्ध गराउछौं,’ गुप्ताले भने, ‘बिशेष गरि टेन्डीको सिसिटिभी क्यामेरा को साथमा एनभीआर, ल्यापटप, कम्प्युटर, ट्याव, प्रिन्टर लगायतका सामान सुपथ मूल्यमा बिक्री गर्नेछौं ।’
सेक्युरिटी सिस्टम अन्तर्गत सिसी क्यामरा, आलराम सिस्टम, बायोमेट्रिक एटेन्डेन्स सिस्टम लगायत सुरक्षासँग सम्बन्धित सम्पूर्ण काम गरिने गुप्ताले जानकारी दिए ।स्मार्ट होम एण्ड स्मार्ट अफिसका लागि हामीले सेवा प्रदान गर्नेछौं,’ तिलोत्तमा भैरहवा बुटवल शुद्धोदन तथा आसपासका क्षेत्रलाई लक्षित गरी एसके कम्प्युटर मर्मत केन्द्र सञ्चालनमा ल्याइने गुप्ताले बताए । ‘एकै ठाउँबाट आइटीसँग सम्बन्धित सम्पूर्ण सेवा हामीले प्रदान गर्नेछौं,’ उनले भने ।
कमेन्ट गर्नुहोस्