
मणिग्राम। दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा १ दिने तन्त्र एबम ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुने भएको छ। यहि माघ ३ गते शनिबार मणिग्रामको विश्राम बाटिकामा निशुल्क रुपमा संचालन हुने सो तन्त्र एबम ज्योतिष प्रशिक्षणात्मक गोष्ठीमा संस्कृत पढ्ने वा अन्य बिषय पढे जो सुकैले पनि कक्षा लिन सक्नेछन।
सो अवसरमा बोल्दै महासचिव अनुप पौडेलले आफ्नो ज्ञान बढाउन र तन्त्र तथा ज्योतिष सम्बधी ज्ञान आर्जन गर्न यो तन्त्र एबम ज्योतिष प्रशिक्षणात्मक गोष्ठीले ठुलो सहयोग पुग्ने बताउनुभएको छ। सो अवसरमा कार्यक्रमबारे प्रकाश पार्दै कार्यक्रम संयोजक तथा संस्थाका अन्तराष्ट्रिय समितिका सदस्य एबम कान्छो ज्योतिष चुरामणी पाण्डेले कार्यक्रम भब्य रहने भएकोले सबै जनमानसलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरे। कार्यक्रममा बोल्दै संस्थाका सभापति गजल पाण्डेले यस क्षेत्रमा हुन लागेको यो पहिलो यस्तो खालको प्रशिक्षण त्यसमाथि पनि निशुल्क रुपमा हुन गएकोले यसको भरपुर सदुपयोग गर्दै आफ्नो ज्ञान उत्सर्जनलाई अधिक्तामा ल्याई सहज जिबन यापन गर्न समेत आग्रह गर्नुभयो।उहाँले यो एउटा ज्ञानको संग्राम भएकोले सबै जनहरुमा ज्ञान आर्जन गर्दै सो प्रशिक्षणमा सहभागी हुन आग्रह गर्नुभयो।
सो पत्रकार सम्मेलन कार्यक्रममा सहभागी पत्रकारहरुलाई यो एउटा ज्ञानको गोष्ठी भएकाले घर घरमा गाउँगाउँमा मानिसहरुलाई पुग्ने गरि सुचना दिन आग्रह समेत गरेका थिए। गोष्ठीमा नेपाल संस्कृत विश्व बिद्यालय लुम्बिनी प्रदेश दाङ्गका प्रोफेशरहरुद्वारा प्रेम बिबाह, डिभोर्स समस्या र ज्योतिषीय समाधानको बिषयमा प्रा डा अर्जुन भट्टराई, नेपाली परिवेशमा तन्त्रको प्रयोग र उपयोगिता बिषयमा सह प्रा डा माधव प्रसाद लामीछाने, राशिफल लेखन र प्रशिक्षण सम्बधी उप प्राध्यापक नारायण प्रसाद भण्डारीले प्रशिक्षण दिनुहुने दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश प्रवक्ता आचार्य बद्री प्रसाद भट्टराईले जानकारी दिनुभएको छ। कार्यक्रम माघ ३ गते शनिबार बिहानै देखि हे भएको छ। अन्य जानकारीका लागि आयोजकले मोबाइल नम्बर ९८४४७७७११० र ९८५७०४३८७५मा सम्पर्क गर्न समेत आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्