लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी बिशिस्टिकृत सहकारीको साधारण सभा सम्पन्न, अध्यक्षमा डीबी थापा सर्बसम्मत

IMG

पश्चिमपहुनी, तिलोत्तमा । लुम्बिनी बिशिस्टिकृत सहकारी संघ लि. को छैठौ बार्षिक साधारण सभा लुम्बिनी प्रदेश पुर्व मुख्यमन्त्री लिला गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।सस्थाको आजको छैठाै साधारण सभाबाट सस्थाको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन सस्थाका कार्यबाहक अध्यक्ष डिबि थापा बाट प्रस्तुत भएको थियो भने लेखा प्रतिबेदन सस्थाका लेखा सम्योजक कृष्ण प्रसाद अर्यालबाट प्रस्तुत भएको थियो । त्यस्तै साधारण सभामा कोषाध्यक्ष खेम प्रसाद गौतमबाट आर्थिक तथा कोष प्रतिबेदन प्रस्तुत भएको थियो ।


साधारण सभाले रिक्त अध्यक्ष पदमा सस्थाका उपाध्यक्ष डिबि थापालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ भने सस्थाका सचिव मीन प्रसाद पोखरेल उपाध्यक्ष, सचीव खेम प्रसाद गौतमलाई सर्वसम्बत रुपमा निर्वाचित गरेको छ भने कोषाध्यक्षमा उमा राना सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।  यसै गरि संचालक सदस्यमा अमृत प्रसाद शर्मा र काशिराम शर्मा निर्वाचित हुनु भएकाे छ।कार्यक्रममा बोल्दै पुर्व साम्सद बासुदेव घिमिरे, तिलोत्तमा नगर उपप्रमुख जागेश्वर देवी चौधरी, मिन प्रसाद पोख्रेल,खेम गौतम ,ज्ञानु पौड्याल,भिम तुलाचन, सहकारीकर्मी टिका गौतम, सुखदेव न्यौपाने लागयातले नयाँ चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिंदै आगामी कार्यकालको लागि उच्च सफलताको शुभकामना ब्यक्त गरेका थिए। 


कमेन्ट गर्नुहोस्