
योगिकुटी। जाडो मौसमको मध्यनजर गर्दै रुपन्देहीका विभिन्न स्थानका आश्रमहरुमा न्यानो कपडा वितरण गरिएको छ । न्यानो अभियान कार्यक्रम अन्तर्गत तिलोत्तमा-२ निवासी सामाजिक व्यक्ति युवा सुदिप खत्रीको संयोजकत्वमा न्यानो कपडा वितरण गरिएको हो ।कार्यक्रममा तिलोत्तमा -२ का युवाहरु इश्वर न्यौपाने,शंकर पाण्डे,सुरेश थापा,बिनोद खत्री र मीन प्रसाद न्यौपानेको साथ र सहभागितामा बुधबार रुपन्देहीको बुटवल र तिलोत्तमा भित्र रहेका विभिन्न अनाथ,अपांग, दृष्टिबिहिनलगायत बालबालिकाहरुको लागि आश्रमहरुमा जाडोमा लगाउने न्यानो लत्ताकपडा वितरण गरिएको हो ।
युवाहरूले रुपन्देहीको लुम्बिनी अपांग दृष्टिबिहिन अनाथ आश्रममा २५ थान कपडा वितरण गरेका छन् । यस्तै नेपाल अपांग आश्रम बुटवल प्रगतिनगरमा ४० थान, नेपाल अविनाश अनाथ आश्रम तिलोत्तमामा २५ थान र अनाथ तथा असाहाय महिला कल्याण समाजमा १५ थान गरि जम्मा १०५ थान न्यानो कपडा वितरण गरिएको इश्वर न्यौपानेले जानकारी दिनुभयो । समाजका असहायका लागि केही गर्नुपर्छ भन्ने मान्यताअनुरुप स्वत: स्फूर्त न्यानो कपडा वितरण गरिएको युवाहरुले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्