
मणिग्राम। रुपन्देहीको तिलोत्तमामा एक परिवारले भुमाफियाले जालझेल गरेर करोडौँ रुपैयाको जग्गा आफ्नो नाममा गराएको गुनासो गरेका छन्।रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नम्बर-१४ सुपौली बस्ने पदम क्षेत्रिका बुवा पूर्णबहादुर क्षेत्रीको परिवारले सोही वार्डमा रहेको साबिक टिकुलिगढ-८ मा रहेको जग्गालाई भुमाफियाहरुले विभिन्न जालझेल गरेर आफ्नो नाममा गराएको भन्दै न्यायका लागि आग्रह गरेका छन्।
आज बुटवलमा पत्रकार सम्मेलन गरी पीडित पूर्णबहादुर र उनकी श्रीमती सुनिताले गुनासो गरेका हुन्।उनीहरूले न्याय दिन सम्बन्धित सरकारी पक्षसँग आग्रह गरेका छन् ।पूर्ण बहादुरले आफू अनपढ भएको फाइदा उठाउँदै करिव ३ लाख पैसा चाहिएर माग्न जाँदा सबै जग्गा धितो राखिदिएर मणिग्रामको रिलायन्स फाइनान्सबाट ३० लाख निकाल्दिएको र आफ्नो हातमा ७ लाख मात्रै पटक-पटक गरि परेको बताएका छन्। उनले सो पैसा निकाल्दा तिलोत्तमा-१४ रहेको चौध कट्टा स्रोह धुर जग्गालाई दिष्टीबन्धकको कागजमा गराए पनि झुक्काएर रजिस्ट्रेसन पास गरेको एक वर्षपछि थाहा पाएको पत्रकार सम्मेलनमा बताए।
त्यही जग्गा निकाल्ने दाउमा अर्को साहु खडा गरि ३० लाख तिरी पुन: फरक बैकबाट खान सहित भैरहवाका अर्जुन प्रसाद उपाध्याय, तिलोत्तमा-१४ का गिरि के.सी., ओमसतिया-३ का सिता क्षेत्री , भैरहवा बस्ने माया थापा ( चमेली)लगायतको मिलेमतोमा आफुलाई सडकमा ल्याएको उल्लेख गरेका छन्। छोरा विदेश भएको बेला आफुहरुलाई ललाई-फकाई अनपढ भएको मौकापारी जालझेल गरेको उनको भनाई छ। सोहि जग्गा राखेर एनआइसी एसिया बैंक, बुटवल ट्राफिकचोक शाखा र आइ.सी. एफ.सी. फाइनान्स भैरहवामा समेत धितो राखी रि निकालिएको उनका छोरा पदमले बताए।
उनले जग्गा दिष्टीबन्धन गराउने तथा बैक तथा वित्तीय संस्थासँग मिलोमोतो गरेर आफूहरू माथि अन्याय रुपन्देहीको ओसशतिया वार्ड ३ बस्ने आकाश खान लगायतको समूहले गरेको गुनासो गरेका छन्।उनले उक्त समूहले तिलोत्तमा रहेको अन्य जग्गाहरू विभिन्न जालझेल गरेर आफू र आफ्नो परिवारलाई थाहा नै नदिई जग्गा रजिष्ट्रन पास गरेको गुनासो गर्दे न्यानोको जिल्ला प्रशासन कार्यालय,प्रहरी कार्यालय ,विभिन्न राजनीतिक दल,मानव अधिकार आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निवेदन दिने तयारी गरेको बताए। अहिले बैंकका कर्मचारी आएर तेरो जग्गा लिलाम गराउछौ भन्दै दिनहू नाप्दै जाने बताउदै उनले सबै तिरको टर्चर र ब्याज तिर्नुपर्ने ( शुरुमा निकालेको पैसाको ) बाध्यताले आफुलाई मानसिक यातना समेत दीएको बताएका छन्। आफु न्यायका लागि अदालत जाने भन्दै पूर्ण बहादुरले न्यायको लागी भूमाफियाको बिरुद्ध सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस्