
तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ तपाहलाईनमा बिहिबार भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने थप ३ जना गम्भीर घाइते भएका छन्।
तिलोत्तमा नगरपालिकाको शङ्करनगर स्थित बनबाटिकाबाट योगिकुटितर्फ आउँदै गरेको लु ६१ प ५८७८ नं को मोटरसाइकल र योगिकुटीबाट बन बाटिका तर्फ जाँदै गरेको लु६८प ५२३६ नं को मोटरसाइकल एक आपसमा ठोेक्किदा दुवै मोटर साइकलका चालक सहित ३ जना गम्भीर घाइते भएका थिए।दुर्घटनामा घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगेकोमा लु ६८ प ५२३६ नं को मोटरसाइकल चालक सैनामैना नगरपालिका वडा नं-१ सादभोद्र बस्ने वर्ष २८ को जीवन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। भने उक्त दुर्घटनामा परि लु६१प ५८७८ नं को मोटरसाईकल चालक तिलोत्तमा नगरपालिका तपाह लाईन बस्ने बर्ष २० को सुजन जंग क्षेत्री गम्भिर घाईते भएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते क्षेत्रीका दुवै हात र दुवै खुट्टा तथा ढाडमा चोट लागि गम्भीर अवस्थामा उपचार भइरहेको छ। त्यसका साथै क्षेत्रीको मोटरसाइकल पछाडि सवार तिलोत्तमा नगरपालिका वडा नं-१ बनबाटिका बस्ने वर्ष २३ को विक्रम नेपाली दुवै हात र शरीरमा चोट लागि उपचार भइरहेको छ।यसका साथै लु ६८प ५२३६ नं को मोटरसाइकल पछाडि सवार जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं १७ रानिगंज बस्ने वर्ष १८ को बालकृष्ण परियारको उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बताए। चार जना मध्ये एकजनाको मृत्यु भएपछी बाँकी घाइते तिनै जनाको बुटवलको कालिकानगरमा रहेको चौराहा अस्पतालमा उपचार भइरहेको छ।
कमेन्ट गर्नुहोस्