
बुटवल। रुपन्देही व्यापार संघको निर्वाचित नयाँ कार्यसमितिले संघमा आबद्ध विभिन्न प्रकृतिका व्यवसायीहरुको भेला तथा वस्तुगत उपसमिति विस्तार एवं पुर्नगठन गर्ने कामलाई तिव्रता दिएको छ । संघमा आबद्ध व्यवसायीहरुका समस्याको पहिचान र संगठन सुदृढिकरण गर्ने वार्षिक कार्ययोजना अनुसार वस्तुगत उपसमिति गठन गरिएको संघले जनाएको छ ।
यसैक्रममा मंगलबार संघमा आबद्ध हार्डवेयर तथानिर्माण सामाग्री व्यवसायीहरुको भेला सम्पन्न भएको छ । संघको सचिवालयमा सम्पन्न उक्तभेलाले लक्ष्मण घिमिरेको संयोजकत्वमा ९ सदस्यी यहार्डवेयर तथा निर्माण सामाग्री वस्तुगत उपसमिति गठन गरेका छ । उपसमितिको सह–संयोजकमाभुपेन्द्र पन्थ, सचिवमा सरद अधिकारी, कोषाध्यक्षमा शंकर न्यौपाने र सदस्यहरुमा शिव गैरे, सरोज खनाल, गणेश न्यौपाने, सन्दिप कसौधन र रमेश सापकोटा रहेका छन् ।
भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष प्रकाश ढकालले व्यवसायीहरुको एकताले मात्र व्यवसायिक समस्या समाधान गर्न सकिने बताउँदै संघका लागि वस्तुगत समितिहरु आधार स्तम्भ भएको बताउँदै पछिल्लो समयमा मुलुकमा देखिएको आर्थिक मन्दिले व्यवसायीहरुलाई निकै अप्ठ्यारो अवस्थामा पु¥याएको उल्लेख गर्दै राज्यले व्यवसायीका समस्या समाधान गर्न ठोस पहल नगरे व्यवसायिक पलायन बढेर जाने बताउनुभयो । ढकालले रुपन्देही व्यापार संघले आफूलाई पृथक पहिचान बताउँदै पछिल्लो समयमा यस क्षेत्रमाआमव्यापारी व्यावसायीको आशा र भरोसाको केन्द्र बनेको दावी गर्नुभयो ।
भेलामा संघका महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, वस्तुगत उपसमितिका संयोजकएवं संघका सह–सचिव नलराज नेपाल, सह–कोषाध्यक्ष जिवनारायण घिमिरे, कार्यसमिति सदस्यहरु टेकराजपन्थी, केदारनाथ नेपाल, मुरारीराज भण्डारी, गोविन्द प्रसाद चापागाई, मनिराम खनाल (मणि), सरोज ज्ञवाली लगायतले व्यवसायीहरुलाई आफ्ना समस्याहरु उपसमिति मार्फत संघमा ल्याउन आग्रहगर्दै वस्तुगत उपसमितिहरुलाई व्यवसायिक हकहित सहित सामाजिक क्रियाकलापहरु आयोजना गरी संघलाई समाजमा थप परिचित बनाउन सुझाव दिनभएको थियो । कार्यक्रममा संघका सह–सचिव एवं वस्तुगत उपसमिति गठन पुर्नगठनका संयोजक नलराज नेपालले विषयवस्तु माथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रम संघका कार्यसमिति सदस्य पारसमणि पोखरेलको अध्यक्षता एवम् सचिव सरद अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्