लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओमसतिया गाउँपालिकाको हिउँदे अधिबेशन सम्पन्न, संशोधित बजेट सार्वजनिक

IMG

ओमसतिया, हाटीफर्साटिकर । रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को संशोधित बजेट सहितको बजेट कार्यान्वयन र आर्थिक स्थितिका बारेमा जानकारी सार्वजनिक गरेको छ । शुक्रबार भएको पालिकाको १८ औं गाउँसभाले ५० करोड २१ लाख १४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आर्थिक वर्ष २०८२/०८३ मा सो बराबरको अनुमानित आय ब्यय र हालसम्मको खर्च बास्तबिकता समेत पेश गरेकी हुन् ।


सो अवसरमा आफ्नो कुरा ब्यक्त गर्दै गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले पालिकालाई उत्कृष्ट गन्तब्यको रुपमा स्थापित गर्ने, स्वच्छ सफा र सुन्दर गाउँपालिकाको पहिचान बनाउन योजनावद्ध शहरीकरण तथा बस्ती विकासलाई बजेटले भ्याएसम्म प्राथमिकतामा राखेको उल्लेख गरेका छन् ।पालिकाले सामाजिक विकास अन्तरगत शिक्षा, युवा तथा खेलकुद, संस्कृति एवम लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा पारेको उनले बताए ।


चौधरीले पेश गरेको बजेटमा राजस्वबाट ५ करोड ४१ लाख ५१ हजार रुपैया, आन्तरिक श्रोतबाट १ करोड ३७ लाख २० हजार, राजस्व बाँडफाडबाट प्राप्त हुने रकम ३ करोड ३१ लाख ९७ हजार रुपैया, संघीय सरकारबाट अन्तर सरकारी बित्तिय हस्तान्तरण बापत ५ करोड ८३ लाख, सशर्त अनुदान १० करोड २२ लाख २८ हजार रुपैया र प्रदेश सरकारबाट अन्तर सरकारी बित्तिय हस्तान्तरण बापत ४० लाख ३६ हजार ५ सय र समपुरक अनुदान तर्फ २४ लाख ७५ हजार साथै प्रदेश सरकारको २३ लाख र मालपोत ४९ लाख ३४ हजार गरि करिव ५० करोडको बजेट पेश गरिएको थियो ।


ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव सोनुको अध्यक्षतामा सम्पन्न १८ औ गाउँसभामा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी,वडा अध्यक्षहरु, गाउसभा सदस्यहरु, पालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।गाउँपालिकाले गत २०८२ असार ८ गते प्रस्तुत गरेको बजेट संशोधन गरि प्रस्तुत गरेको थियो।  जेंजी आन्दोलन पश्चात बजेट कटौति गरि आएकोले सो बजेट समायोजन गरि नयाँ बजेट ल्याइएको हो । 

कमेन्ट गर्नुहोस्