लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुरुङ्ग राष्ट्रिय परिषद ईकाई समिति ओमसतियाद्वारा तमु ल्होसार मनाईयो

IMG

ओमसतिया ।रुपन्देही ओमसतियाका गुरुङ समुदायले तमु ल्होसारको अवसर पारेर तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ईकाई कार्यालयले ओमसतिया-१  मा रहेको गुम्बामा विशेष कार्यक्रम गरी कार्यक्रम समापन गरेको हो । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाइरहेका छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउने गर्छन् ।आज देशैभर यो पर्व मनाइएको छ । पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । पर्वका अवसरमा रुपन्देहीको  ओमसतियामा  तमु ह्युल छोज धी गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला कार्यसमिति ओमसतियाले आफ्नो सांस्कृतिक पहिचानसहित झाँकी सहित गुम्बामा पुगेर कार्यक्रममा परिणत भएको छ।


ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित यादव सोनु प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम सहित यस बर्ष बिद्यालय र उच्च मावि अनि मास्टर लेभलमा अध्ययनरत पास भएका जेहेन्दार विद्यार्थीलाई सम्मान, पुरस्कार एवम् प्रमाणपत्र वितरण गरिएको थियो । जातजाति र संस्कृति नेपाल र नेपालीको गहना भएको बताउँदै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित यादव सोनुले संस्कृतिको संरक्षण गर्नु आम नेपालीको दायित्व भएको र सबै जातजातिको आफ्नै पहिचान रहेकोले सबैको संरक्षण गर्नु हामी सबैको दायित्व भएको  बताउनुभयो । उहाँले नेपालको फरक संस्कृति र संस्कार यहाँको फरक पहिचान हो, भन्नुभयो । गुरुङ ल्होसार आदिवासी जनजाति गुरुङले नयाँ वर्षको रुपमा मनाउँदै आएको पर्व हो। 


कार्यक्रममा तमु ह्युल छोज धी गुरुङ्ग राष्ट्रिय परिषद ईकाई कार्यसमिति ओमसतियाका अध्यक्ष डम्बर बहादुर गुरुङ्ग, ओमसतिया गाउँपालिकाकाका निबर्तमान अध्यक्ष हिरा केवट, ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरी, ओमासतिया-१ का वडा अध्यक्ष बेल बहादुर बराल मगर, महिला सदस्य गङ्गा थापा, गुम्बा लामा लाल बहादुर घले गुरुङ्ग, सल्लाहकार नन्द प्रसाद गुरुङ्ग, र स्वागत मन्तव्य राख्दै उपाध्यक्ष कुल बहादुर गुरुङ्गले सबै गुरुङ्ग समुदायमा शुभकामना दिंदै देशमा शान्ति सुव्यवस्था र सहिष्णुता कायम राख्न सबै समुदायको पहल रहनुपर्ने उल्लेख गरेका छन्। तमु ह्युल छोज धी गुरुङ्ग राष्ट्रिय परिषद ईकाई कार्यसमिति ओमसतियाद्वारा माऐएको तमु ल्होसार कार्यक्रमको संचालन डिल बहादुर गुरुङ्गले गर्नुभएको थियो।  

ल्होसारको अवसरमा सोही स्थानमा नृत्य सहितको संस्कृति झल्कने प्रस्तुति समेत आयोजना गरिएको थियो ।गुरुङ समुदायले १२ वर्गलाई वर्षको रुपमा मनाउने र गणना गर्ने गर्दछन् ।यसपालिको ल्होसार सर्प वर्ग देखि घोडा बर्गमा प्रवेश गरेको हो।  मुसा वर्गबाट शुरु हुने गणना, गाई वर्ग, बाघ वर्ग, बिरालो वर्ग, गिद्द वर्ग, सर्प वर्ग, घोडा वर्ग, भेंडा वर्ग, बादर वर्ग, चरा वर्ग, कुकुर वर्ग र मृग वर्ग गरी १२ वर्गमा गणना गरिन्छ ।

कमेन्ट गर्नुहोस्