लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कुलमानसँग एकतापछि बालेन्द्रले भने: म नेपाल हाँसेको हेर्न चाहन्छु

IMG

काठमाडौँ -ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपामा दोस्रो वरियतासहित उपसभापति पद दिइने भएको छ। यसअघि नै रास्वपामा गइसकेका काठमाडौंका मेयर बालेन्द्र शाहलाई साक्षी राखेर कुलमानलाई सभापति रवि लामिछानेपछि दोस्रो वरीयता दिइएको हो।मेयर बालेन्द्रले कुलमानसँगको सहमतिपछि फेसबुकमा लेखेका छन्, ‘ म नेपाल हाँसेको हेर्न चाहन्छु।’ बालेनले केही समयअघि ‘म हाँसेको हेर्न चाहन्छु’ नामक गीत युट्युबबाट रिलिज भएको थियो । उक्त गीत १० वर्षअघि नै रिलिज भए पनि पुन: रिभाइज गरेर ‘लाज शरणम’ फिल्मका लागि बनाइएको थियो।सहमतिको बुँदा नम्बर ४ मा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापति कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने।’

कमेन्ट गर्नुहोस्