लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अत्याधिक चिसो बढेपछि तिलोत्तमा नगरपालिकाले दियो विद्यालयहरुमा सार्वजनिक बिदा

IMG

तिलोत्तमा। रुपन्देहीमा पछिल्लो केही दिनयता ह्वात्तै हुस्सु, कुहिरो र शितलहरसँगै चिसो बढेपछि रुपन्देहीका स्थानीय पालिकाहरुले विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन ।अत्याधिक चिसो बढेपछि तिलोत्तमा नगरपालिकाले पुस ११ गते नगर भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले एक सूचना जारी गरि नगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिने बताए ।विद्यार्थीलाई जाडोका कारण बिरामी हुन सक्ने भन्दै स्वास्थ्यका हिसाबले बिदा दिइएको नगर प्रमुख खाणद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ।यस अघि बुटवल उपमहानगरपालिकाले समेत बिदा दिएको छ। 

कमेन्ट गर्नुहोस्