
कुञ्जलापुर। यही पुस १४ र १५ गते (डिसेम्बर २९ र ३० तारिख) भारतको पुनेमा हुने १७ औं अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पीयनसीप–२०८२ (प्रतियोगिता) मा नेपाली खेलाडीले प्रतिष्पर्धा गर्ने खेलादीहरुलैई आज तिलोत्तममा सम्मान बिदाई तथा जितको शुभकामना सहित स्वागत कार्यक्रम, गरिएको छ।जापान गोजुरियो कराते डा. मिसन संघ, नेपालको नेतृत्वमा नेपाली करातेको टीमले उक्त प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई आज तिलोत्तमा नगरपालिकाबाट जितको शुभकामना सहित शुभयात्रा भन्दै बिदाई गरिएको हो।
सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले खेलाडीहरुले आफ्नो पढाई संगसंगै आफ्नो परिवारको आर्थिक सामाजिक ईज्जत र प्रतिष्ठा मात्रै नभएर राष्ट्रको समेत प्रतिष्ठामा योगदान दिनसक्ने हुँदा जितसहित देशको नाम उच्च राख्न सबै खेलाडीहरुलाई शुभकामना दिनुभयो। स्वागत सम्मान तथा बिदाई कार्यक्रममा बोल्दै उपप्रमुख जगेश्वर देवी चौधरीले खेलाडीको हौशला बढाउन तिलोत्तामा नगरपालिकाले सक्दो योगदान गरेको बताउदै खेलाडीको स्वास्थ्य र राष्ट्रमा समेत खेलले ठुलो योगदान दिने बताउनुभयो।
संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक के.बि. राना (काजी) का अनुसार प्रतियोगितामा २२ जना खेलाडी, अफिसियल र सञ्चारकर्मीसहित २८ जनाको टोली भारत जानेछ ।विगतका प्रतियोगितामा जस्तै यसवर्ष पनि नेपाली कराते खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी स्वर्ण पदक जितेर नेपालको नाम उचो बनाउने रानाले विश्वास व्यक्त गर्नुभयो । खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चन्द्रसुर्य अंकित नेपालको झण्डा हस्तान्तरण गर्नुभएको छ। प्रतियोगितामा सहभागी हुने अधिकांश खेलाडी तिलोत्तमा नगरपालिकाका बिद्यार्थीबाट रहेका छन्।
संघका केन्द्रीय सचिव गिरी प्रसाद पुनले कराते पुस ११ गते बिहीबार बिहान १० बजे बेलहिया नाकामा बिदाई कार्यक्रमपश्चात टोली भारत प्रस्थान गर्ने जानकारी दिनुभयो ।संघका प्रमुख सल्लाहकार भरत बहादुर के.सी.ले जापान गोजुरियो कराते डा. मिसन संघ, नेपाल संघर्षमै हुर्किएको संस्था भएको बताउनुभयो । उहाँले मित्रराष्ट्र भारतमा हुने प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेर नेपालको नाम विश्वमै चिनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कमेन्ट गर्नुहोस्