लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राहदानी विभागलाई थप ३ लाख ९६ हजार थान पासपोर्ट प्राप्त

IMG

बुटवल। राहदानी विभागले थप ३ लाख ९६ हजार थान पासपोर्ट प्राप्त गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अन्तरिम अवधिका लागि थप ७ लाख राहदानी पुस्तिका तथा वैयक्तिकरण लगायतका सेवा आपूर्ति गर्न गरेको सम्झौताअनुसार थप ३ लाख ९६ हजार थान राहदानी प्राप्त भएको विभागले सूचना निकालेर जानकारी गराएको छ ।प्राप्त भएका राहदानी जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशमा रहेका नेपाली नियोगबाट आवेदन दिनेका निम्ति पठाउने तयारी गरिएको विभागले जनाएको छ ।जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट आवेदन दिने आवेदकहरूको हकमा कम्तीमा कात्तिक १५ गतेसम्म आवेदन दिने आवेदकहरूको राहदानी यसअघिकै सूचनाअनुसार पठाइसकिएको र मङ्सिर १५ गतेसम्म आवेदन दिने आवेदकहरूको राहदानी छपाइ गरि यही पुस १५ गतेभित्र पठाउने व्यवस्था गरिएको विभागले जनाएको छ ।


गएको मङ्सिर १५ गतेपछि आवेदन दिने आवेदकहरूको राहदानी यही पुस १५ गतेपछि क्रमशः छपाइ गरि पठाइने व्यवस्था मिलाइने विभागको भनाइ छ । विदेशमा रहेको नेपाली नियोगमा राहदानीका निम्ति आवेदन दिएका आवेदकहरूको पासपोर्ट साविककै हिसाबमा छपाइ गरि पठाउने व्यवस्था मिलाइएको छ ।राहदानी विभागबाट आवेदन दिन चाहने सेवाग्राहीका लागि मागअनुसार पर्याप्त राहदानी आवेदन स्लट उपलब्ध गराउने व्यवस्था मिलाइएको र साविककै हिसाबमा सामान्यतः दुई कार्य दिनभित्र राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागको सूचनामा उल्लेख छ ।


कमेन्ट गर्नुहोस्