लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल आएर हर्कले भने -विदेशबाट ऋण लिएर देश बन्दैन

IMG

बुटवल । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले विदेशबाट ऋण ल्याएर देशको विकास हुन नसक्ने बताएका छन् ।शनिबार बुटवलमा श्रम संस्कृति पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै संयोजक साम्पाङले ऋण लिएर देशको विकास नहुने भन्दै हप्तामा एक दिन देशका लागि श्रम गर्नु पर्ने बताएका हुन् ।‘विदेशबाट ऋण लिएर देश बन्दैन । हप्तामा एक दिन देश को लागि श्रम गरौँ ।


बाँकी ६ दिन आफ्नो लागि गरौँ, अनि मात्रै देशको विकास हुन्छ,’ उनले भने ।चीन जापान कोरिया श्रमबाट नै धनि बनेको बताउँदै सबैले काम गर्नु पर्ने बताए ।  ‘चीन, जापान, कोरिया श्रम बाट धनी बनेका  हुन् ।सबैले काम गर्नु पर्छ । एक जनाको कमाईले हुँदैन । गफ होइन काम गर्ने संस्कृतिको विकास गर्नु पर्छ,’ उनले भने ।साथै संयोजक साम्पाङले चुनाव जितेर ५ वर्षमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणति भए देश छाडेर शरणार्थी हुने बताए ।  

कमेन्ट गर्नुहोस्