लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समिक्षा अधिकारीको शानदार प्रस्तुति,तिलोत्तमाका दर्शकले धुलो उडाए

IMG

मणिग्राम। स्लो र डान्सिङ्ग नम्बर उत्तिकै दिन सफल गायिका समिक्षा अधिकारीले गाउँदा तिलोत्तमाका दर्शकले धुलो उडाएका छन्। करी १ घण्टा ३० मिनेट गीतहरुको प्रस्तुति राखेकी उनले दर्शकको पैसा बसुल प्रस्तुति दिएकी छिन। उनका शिरमा शिरबन्दी, हावा चिसो चिसो, नत्र भने जिन्दगि ब्यर्थै छ है बाटुली, दुर्गेश थापाको क्यामेस्ट्रिमा गाएको गीत दुश्मन हेरेको हेर्यै गाउँदा दर्शक मज्जाले झुमे। बोक्सीको घरको जुन जस्ती रे, धनगढ़िको बसमा, सुर्ती माड्दै माड्दै लगायतका मन छुने भाका र स्वरको जादुले चिसो मौसमलाई हट बनाईरहेको थियो। दर्शक दिर्घाबाट समिक्षाको तारिफ समेत सुन्न पाइन्थ्यो , दर्शकले मिठो स्वर, आवाजकी धनी , सानो उमेर तर म्याच्युएड आवाज भनेर तारीफ गरेको यदाकदा सुनिन्थ्यो। 


पिङ्क रेड सारीमा खैरो ऊनको ज्याकेट पहिरिएर आएकी समिक्षालाई जस्तो गीत उस्तै मान्छे भन्दै गाईगुई समेत सुनिन्थ्यो। खैर समिक्षाको प्रस्तुतिले तिलोत्तमा मेला हेर्न आएका दर्शक मज्जाले झुमे रमाइलो गरे।दर्जनौ गीत प्रस्तुत गरेकी समिक्षाले दर्शकलाई धुलो उडाउदै नचाउन सफल भईन। सोमबार महोत्सवमा ख्याति प्राप्त एलिमेण्ट्स ब्याण्ड सहित राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारको प्रस्तुती रखिएको आयोजक कमिटिका अध्यक्ष प्रेम जीएमले जानकारी दिए । महोत्सवमा आइतबार करिव २० हजार दर्शकले अवलोकन गरेका छन , भने सोमबार र मंगलबार ( दुर्गेश थापा आउने दिन ) दर्शक ह्वात्तै बढ्ने आयोजक कमिटीको दावी छ।


पुष १ गते सम्म सञ्चालन हुने भनिएको महोत्सव २ दिन थपिन सक्ने आयोजकले जनाएको छ। पुष १ गते भने दुर्गेश थापाको प्रस्तुति रहने आयोजकले जनाएको छ। मेलामा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी , विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइरहेकोे महोत्सव आयोजक कमिटिका सचिव हेमलाल न्यौपानेले जानकारी दिए ।त्यस्तै महोत्सव स्थलमा निर्माण गरिएका कश्मिर भ्याली, जलपरी, फ्रान्सको आईफिल टावर, वाल उद्दान लगायतका संरचनाले दर्शकको ध्यान तान्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्