
मणिग्राम / रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा जारी ८ औ तिलोत्तमा राष्ट्रिय औद्योगिक कृषि पर्यटन तथा व्यापार महोत्सव २०८२ मा पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । मंसिर २९ गते आज सोमबारदेखि तिलोत्तमा नगर वडास्तरीय भलिवल प्रतियोगिता पनि शुरु भएको खेलमा १३ टिमको सहभागिता रहेको संयोजक विवस थापाले जानकारी दिनुभयो । मेलाको अबधिमा गीत संगीत, बाल उद्यानसगै दर्शकको लागि खेलको मनोरन्जन दिन वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गरिएको संयोजक थापाले बताउनुभएको छ। वडाका निकै प्रतिस्प्रधी मानिएका र प्रतियोगिताका लागि छानिएका टिमहरुको सहभागिता रहने सो प्रतियोगिता निकै रोमाञ्चक हुने आयोजकको भनाई छ।
स्थानीय स्तरमा रहेका खेलाडीको संरक्षण गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्य साथ भलिबल प्रतियोगिताको आयोजना गरिएको मेला मुल आयोजक समितिका संयोजक तथा तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जिएमले बताउनुभयो । उहाँका अनुसार युवाहरुलाई अनुशासित बनाउदै सभ्य समाज निर्माणमा युवाको महत्व दर्शाउन मेलाभित्रै भलिबल कोर्ट निर्माण गरी प्रतियोगिता गरिएको बताउनुभयो । भलिबल प्रतियोगिताको बिजेताले ५० हजार दोस्रोले ३०, तेस्रोले २० तथा सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार साथमा प्रमाणपत्र प्राप्त गर्नेछन भने हरेक खेलमा उत्कृस्ट खेलाडीले नगद सहित मेडल प्राप्त गर्नेछन। साथै विधागततर्फ बेष्ट स्पाइकर, बेष्ट सेटर, बेष्ट ब्लकर, बेष्ट डिफेनडर र म्यान अफ दि म्याचलाई उचित पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका खेल संयोजक विवस थापाले जानकारी दिनुभयो। प्रतियोगिता मेला अबधिसंगै ३ दिनमा सकिने गरि संचालन गरीएको छ ।
कमेन्ट गर्नुहोस्