
भैरहवा । भन्सार एजेण्टहरुले गरेको आन्दोलन फिर्ता भएको छ । भन्सार विभाग र महासंघबीचको सहमतिसँगै आन्दोलन फिर्ता भएपछि भन्सार एजेण्टहरु काममा फर्किएका छन् ।भन्सार ऐन २०८२ मा समावेश कतिपय प्रावधानले एजेण्टको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा असर पर्ने भन्दै आन्दोलनमा उत्रिएका भन्सार एजेण्टहरु आन्दोलनमा उत्रिएका थिए ।
भन्सार एजेण्टहरु काममा फर्किएपछि भैरहवा भन्सार कार्यालय रुपन्देहीबाट साँझदेखि जाँचपासको काम सुरु भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत उद्धव ढुंगानाले जानकारी दिनुभयो ।भन्सार ऐनमा आएका कतिपय प्रावधानहरुप्रति असहमति जनाउँदै त्यसलाई सच्याउनुपर्ने र नियमावली संशोधन गर्नुपर्ने माग राख्दै विगत ३ दिनदेखि पेनडाउन गरिएको नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले बताउनुभयो ।अध्यक्ष पन्थीका अनुसार भन्सार कार्यालयमा ढिलासुस्तीमा सुधार गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै यसअघि भन्सार एजेण्ट महासंघ नेपालमार्फत भन्सार विभागमा ज्ञापनपत्र बुझाएको थियो ।
‘चोरी पैठारी, भन्सार कार्यालयमा हुने ढिलासुस्ती लगायतका विषयमा सुधार गर्नुपर्छ भन्ने १० सुत्रीय माग राखेर भैरहवा भन्सार कार्यालयका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छौं,’ उहाँले भन्नुभयो।भन्सार विभाग र कार्यालयबाट सुधारको प्रतिबद्धता आएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको उहाँले बताउनुभयो ।प्रतिवद्धता अनुसार नभए भन्सार विभाग अगाडि नबढे पुनः आफूहरुले आन्दोलनमा चर्काउने उहाँले चेतावनी दिनुभयो ।भन्सार एजेण्टहरुको आन्दोलनका कारण भैरहवा भन्सार कार्यालयसहित देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएको थियो ।
कमेन्ट गर्नुहोस्