लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सर्वोच्च अदालतका सवै इजलास आजदेखि पूर्ण रुपमा सञ्चालनमा

IMG

काठमाण्डौ – सर्वोच्च अदालतले आजदेखि सबै इजलास पूर्णरूपमा सञ्चालनमा ल्याउने भएको छ ।गएको भदौ २४ गतेको क्षतिपछि थोरै मात्रै मुद्दाको पेशी तोकेर सुनुवाइ हुँदै आएकोमा आजदेखि थप ६ वटा इजलास सञ्चालनमा आउने सर्वोच्च अदालतले हिजो एक सूचना निकाल्दै जनाएको छ ।


जेनजी आन्दोलनपछि भदौ २४ गते सर्वोच्चमा आगजनीका कारण इजलास गठन गर्न समस्या हुँदै आएको थियो । इजलास बस्ने ठाउँ अभावका कारण सीमित मुद्दाको मात्रै पेशी तोकेर सुनुवाइ हुँदै आइरहेको हो ।आजदेखि सर्वोच्चको एनेक्स भवनबाट ५ वटा र नयाँ भवनबाट ६ वटा इजलास सञ्चालन हुनेछ । संवैधानिक इजलास पनि नयाँ भवनमा हुने सर्वोच्च अदालतले जनाएको छ ।सर्वोच्चमा अहिले २१ न्यायाधीश छन् तर जेनजी आन्दोलनका कारण पुगेको क्षतिका कारण पूर्णरूपमा इजलास सञ्चालन हुन सकेको थिएन । 

 

कमेन्ट गर्नुहोस्