लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१३ बभनीमा रहेको भू पु सैनिकमा दानादाताको लहर

IMG

बभनी। रुपन्देहीको तिलोत्तमा स्थित बभनी भूतपूर्व सैनिक आधारभूत बिद्यालय परिसरमा यही मङ्सिर १५ गतेदेखि २३ गतेसम्म संचालन भैरहेको श्रीमद् भागवत धानधान्याचल विराट ज्ञानमहायज्ञ-२०८२ महायज्ञमा बिद्यालयको गुणस्तरसंगै भौतिक संरचना र प्राबिधिक शिक्षाका लागि टेवा पुग्ने उद्देश्यसहित दानबीरहरुले दान पुण्य गर्ने कार्यक्रममा तिब्रता छाएको छ। 


उपस्थित भक्तजनहरुमा उत्साह साथै यो हाम्रो आफ्नै बालबालिका पढ्ने स्कुल हो यो बनाउने कर्तब्य हामि सबैको हो भन्दै एक थुकी सुकी सय थुकी नदि भन्दै स्थानियहरुले गक्ष अनुसार  तन, मन, धन र भौतिक सहयोग समेत गरेका छन्। महायज्ञमा भू.पु.सैनिकहरुको नाम जोडेर खोलिएको भएकाले भू.पू. सैनिकहरुले आफ्ना दिबंगत आमा बुवाको सम्झनामा स्मृति कोष, अक्षयकोश, सहयोग, भवन निर्माण संगै , बिदेशमा भएका छोरा छोरी , पेन्सन पकाएर घर बसेका परिवारबाट ठुलो सहयोग भएकोले अझै कोहि छुट्नु भएको भए कथा प्रबचन श्रवण सहित सहयोगका लागि विद्यालयका प्रधानाध्यापक मनोज केसीले सम्पूर्ण आमसमुदायमा आग्रह गर्नुभएको छ।


तिलोत्तमा-१४ टाइगर प्यालेस जाने बाटोदेखि १ सय ५० मिटर उत्तर रहेको सो बिद्यालयमा अहिले ५ कक्षासम्म अध्यापन हुँदै आएको छ। बिद्यालयको स्तरोन्नति गर्दै यहानका भौतिक संरचना, मैदान, कम्प्युटर तथा बिज्ञान प्रयोगशाला, सहित बिद्यालयलाई अग्रेजी माध्यममा ८ कक्षा सम्म अध्ययन गर्ने ब्यबस्था मिलाउन सो महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ। भुषण श्री चैतन्य कृष्ण जी महाराजको मुखारबिन्दबाट हुने बैज्ञानिक विवेचनाका साथ् संगीतमय कथा प्रबचन भक्ति आरती एबम धाराप्रवाह श्रीमदभागवत महायज्ञ हुने सो स्थानमा सबै धर्मानुरागी सनातन धर्मका कथा श्रवणधारीहरुलाई सादर निमन्त्रणा गरिएको आयोजकले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्