लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलाेत्तमा मेलामा दर्शककाे आकर्षण बढ्दै, लन्डन टावरब्रिज र फ्रान्स आइफिलटावरमा सेल्फीको मोह

IMG

मणिग्राम। रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ काे मेला राेमाञ्चक हुदै गएकाे छ। महाेत्सवकाे तेस्रो दिन बुधबार गायक कुलेन्द्र बिकले मेलामा रमाइलो माहाेल बनाउनुभयाे ।आफ्ना चर्चित गीत गाएर दर्शनकलाई नचाउनुभयाे। त्यस्तै कलाकारहरु विष्णु श्रीपाली,  नारायण बिपी परियार लगायतले स्टेज तताउनुभयाे ।


 मेलामा स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन र प्रचारप्रसार गर्न  याे अवसरलाई साना ठूला सबै उद्योगी ब्यवसायीले सदुपयोग गर्नुपर्ने ब्यवसायिकाे भनाइ छ ।मेलाले स्थानीय कलाकारलाई समेत आफ्नो प्रतिभा बढाउने अवसर सुजना गरेको र मेला सफल पार्न तिलोत्तमाका सबै संघ संस्था, राजनीतिक दल तथा सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बुद्धिजीवी बताउँछन् ।महाेत्सव आयोजक संस्था तिलोत्तमा उद्योग व्यापार संगठका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले मेलामा दर्शककाे  भिड बढ्उदै गएकाे बताउनुभयाे ।दर्शकले लन्डन टावरब्रिज र फ्रान्सटावरमा सेल्फीको मोह  बढाएको र होटल रेस्टुरामा समेत एउटै डिजाइनका फ्लेक्सले दर्शकलाई तानेको बताउनुभयो। सेल्फी खिच्ने र तस्बीर लिनेहरु परिवार नै आउदा मेलाले थप उर्जा पाएको उहाँको भनाई छ।  


महोत्सवको आकर्षणको रुपमा लण्डन ब्रिजको नमूनामा गेट निर्माण गरिएको छ । त्यस्तै जलपरी, कश्मिर भ्याली, आईफिल टावर, वाल उद्दान लगायतका संरचना निर्माण गरिएको छ ।महोत्सवको लागि तीन सय स्टलहरु सहभागी गराइएको छ । महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरु सहभागी गराइएको छ ।

कमेन्ट गर्नुहोस्