लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

IMG

रुपन्देही। नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । हाल नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । अब यस अतिरिक्त २० मेगावाट थप गर्ने निर्णय भएको हो ।बिहीबार बंगलादेशको ढाकामा आयोजित नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औँ बैठकमा सहमति जुटेको हो ।


बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको तर्फबाट ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए ।त्यसै बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने र जेभीए छिटो टुंग्याउने सहमति समेत जनाएको छ ।

कमेन्ट गर्नुहोस्