
बुटवल। एमसीए नेपालले न्यु बुटवल सबस्टेशन र १८ किलोमिटर प्रसारण लाइनको निर्माण शुरू गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ मा आज आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्नुभएको हो ।कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यो सबस्टेशन र प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । राजदूत थम्प्सनले दुई वर्षदेखि निरन्तर प्रयासर गर्दै आज यहाँसम्म आइपुगेको बताउनुभयो ।
निर्माण शुरू भएको १८ किलोमिटर प्रसारण लाइनले ५०० केभी न्यु बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोड्नेछ ।झन्डै ५०० करोड अमेरिकी डलर लगानीमा निर्माण गरिने यी पूर्वाधारले आउँदो दशकभित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको ऊर्जा व्यापार सम्झौतालाई सघाउ पुर्याउनेछ । सम्झौता अनुसार एमसीएअन्तर्गतका सबै आयोजना आउँदो तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने छ ।
कमेन्ट गर्नुहोस्