लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका १०० जना उद्यमीलाई सहज स्टाटप कर्जा सम्बन्धी अभिमुखिकरण

IMG

शंकरपुर्। तिलोत्तमा नगरपालिकाले स्टाटप बिजनेशका लागि कर्जा माग सम्बन्धी प्रस्तावना लेखन तालिम सम्पन्न गरेको छ । नेपाल सरकारले उद्यमीलाई प्रदान गर्ने बिना धितो कर्जाबारे जानकारी गराउने उद्देश्यले  नगरपालिकाले शनिबार नगरका  उद्यमी युवा लक्षित अभिमुखिकरण आयोजना गरेको तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले जानकारी दिए ।


उनले तिलोत्तमा नगरपालिका आर्थिक हवको रुपमा विकास भैरहेको सन्दर्भलाई जोड्दै उद्यमीलाई राष्ट्रिय स्तरसम्म नै पुग्न यो कार्यक्रम सहयोगी बन्न सक्ने  दाबी गरे । तिलोत्तमा नगरपालिकालाई उद्योग मैत्री नगरको रुपमा बिकास गर्ने गरी नगरपालिका अगाडि बढेको सन्दर्भलाई जोड्दै तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँडले धेरै भन्दा धेरै युवालाई उद्योगसंग जोडेर स्वदेशी उत्पादन प्रयोगलाई प्रोत्साहन गर्ने बताए उनले यसलाई अवसरका रुपमा लिएर सहि उपयोगतर्फ लाग्न उद्यमीलाई आग्रह गरे ।


त्यस्तै कार्यक्रममा उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाद्वारा उद्यममा जोड्न गरिएको प्रयासमा नगरबासीले चासो र उत्साहका साथ काम गर्न सके उद्यमी मैत्री नगरपालिकाको परिकल्पना सफल हुने बिश्वास व्यक्त गरिन । शिक्षा शाखा प्रमुख गंगाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आचार्यले उद्यमीलाई हौँसला प्रदान गर्ने उद्देश्य सहित कार्यक्रम गरिएको भन्दै क्षमता विकास गर्दै सफल उद्यमी बन्नतर्फ प्रेरित हुनेमा आफू विश्वस्त रहेको बताए ।


कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक रबि सेन्चुरीले यो भन्दा अगाडि पनि यस्तो कार्यक्रम संचालन गरेको र नगरको प्रतिनिधित्व रहने गरि राष्ट्रिय उद्यमीको रुपमा समेत नगरबाट प्रतिनिधित्व गर्न पाउनु सुखद पक्ष भएको जानकारी गराए । शिक्षा शाखाका रमा आचार्यको संचालनमा रहेको कार्यक्रममा करिब १०० जना उद्यमी सहभागी थिए । कार्यक्रमको सहजीकरण आइडिया स्टुडियोका अनिल बस्नेत र सहजकर्ता मुकुन्द ज्ञवालीले संयुक्त रुपमा गरेका थिए ।




सिलाई कटाईले फेरिएको नारायणीको जीवन


तिलोत्तमा-१४ सुपौली की नारायणी बोहोराले विगत १ बर्ष अगाडी सिलाईकटाई तालिमबाट सिप सिकिन् । सीप सिकेपछि अब उनलाई आत्मनिर्भर बन्ने जोश बढेको छ ।तीन महिने सिलाई–कटाइ तालिम सिकेपछि पछिल्लो समयमा उनलाई घर परिवार चलाउन सहज भएको छ ।

कक्षा १२ अध्ययन गर्दै गर्दा सानै उमेरमा विवाह गरेकी उनले २०७१ सालमासिलाई–कटाइ तालिमसिकेकी नारायणीले पछिल्लो समयमा  तिलोत्तमा नगरपालिका–१४ कार्काबेली गुम्बा नजिकै सिलाई–कटाई व्यवसाय गर्न थालेकी छन् । आफू र श्रीमान्आम्दानीको श्रोत नभएपछि आफनै देशमा केही गरौँ भनेर विकल्प खोज्न थालिन् ।अहिले आफ्नो पेशा सिलाई–कटाई सीप प्रति निकै सन्तुष्ट रहेको उपाध्यायले बताईन् ।बिगतमा सिलाई–कटाइ सिक्दा गाउँ भरी बाहुनकी छोरीले मेसिन छुन थालिन् भनेर नराम्रो दृष्टीकोणले हेर्ने गरेको समाजले अहिले सीप भएकै कारणले सम्मानित ढंगले बाच्नु परेको उनले बताइन् । सिलाई–कटाइ दलित समुदायका मानिसहरूले मात्र गर्ने पेसा हो भन्ने अन्धविश्वासकै कारण बिन्दुलाई तालिम अवधिभर परिवारबाट भनेजस्तो सहयोग भएन । परिवार र समाजको अपेक्षित सहयोग विना सामाजिक रूपमा बाहुन जातिले सिलाई–कटाइ गर्नु हुँदैन भन्ने अन्धविश्वास चिर्न सफल पात्र हुन बिन्दु ।‘विगतमा समाजले हेर्ने नजर फरक थियो थियो ।’ बिन्दुले भनिन्,–‘अहिले समाजमा सम्मानित भएर बाच्न पाएको छुँ ।’विवाह पछि रोकिएको पढाइलाई बिन्दुले व्यवसाय सञ्चालन पछि निरन्तरता दिइन् । विवाहसँगै घरको काममा सीमित उनले अहिले स्नातक तहसम्मको अध्ययन पुरा गरेकी छन् ।‘समाजमा महिलालाई बाच्नका लागि निकै ग्राहो छ ।’ उनले भनिन्,– आत्मनिर्भर लागि मैले गरेको यो प्रयास धेरै राम्रो छ ।’‘रोकिएको पढाइलाई व्यवसाय सञ्चालन पछि अघि बढाए । उनले भनिन्, ‘अहिले छोरा आठ कक्षामा पढ्दै छन् । छोराको पढाइमा लाग्ने खर्चसँगै आफ्नो व्यवहार चलाउन यहीँ व्यवसाय मार्फत सहज भएको छ ।,’घरमा आर्थिक समस्या थियो,सानै उमेरमा घरको खम्बा ‘बुबा’ को निधनपछि आमाको संघर्षका यात्रा बुझेकी बिन्दुलाई आफ्नै ठाउँमा केही गरौँ भन्ने जाँगर चलेको थियो । बुबाको निधनपछि माइतीमा अनेकौँ संघर्ष गरेको उनको मानस पटलमा ताजै छ ।परिवारमा अनेकौँ दुख थिए । तीन भाइबहिनीको शिक्षा दीक्षासँगै पालन पोषणका लागि ‘आमा’ ले उठाउनु भएको दुख मानस पटलमा ताजै छ उनले भनिन् ।सीप सिकेकी उपाध्यायले हाल विभिन्न त्यति मात्र नभएर उनी पछिल्ला वर्षहरूमा घरेलु तथा साना उद्योग विकास समितिसँगै यहाँ सञ्चालनमा रहेका विभिन्न परियोजना मार्फत सञ्चालन हुने सिलाई–कटाइ सम्बन्धी आधारभूत तालिमहरुमा आफुले सिकेका सिप सिकाउदै आएको बताइन् ।उनले भनिन् ‘सिलाई कटाईले पछिल्ला वर्षहरूमा बिन्दुले सिलाई–कटाइ व्यवसाय मार्फत स्थानीय स्तरमा मनग्य आम्दानी गर्दै आएको बताइन् । ‘काम खोज्न अन्यन्त्र जानु भन्दा आफ्नै ठाउँमा सिलाई–कटाइ व्यवसाय गरे केही गर्न सकिन्छ जस्तो लाग्यो । त्यसपछि तीन महिने तालिम लिएँ’ उनी भन्छिन् ‘महिलाले घरको काम बाहेक अरु काम गर्न सक्तैनन् भन्ने मान्यतालाई चिर्दै मैले सिलाई कटाई अगाडी बढाए ।’उनले सिलाई–कटाइ व्यवसाय मार्फत अहिले महिनामा राम्रो आम्दानी गर्दै आएकी छन् । तालिम लिएर व्यवसाय गर्न थालेपछि मासिक रुपमा ३०–३५ हजार रुपैयाँ कमाउन थालेको उनले बताईन् । ‘सुरुमा घरका सबै परिवार खुसी थिएनन्, पछि राम्रो आम्दानी हुन थालेपछि घर परिवारसमेत अहिले खुसी हुनुहुन्छ ।,’ बिन्दुले भनिन् ।अर्काको मुलुकमा काम खोज्न जानु भन्दा आफ्नै ठाउँमा सिप सिकेर आम्दानी बढाउन सकिने बिन्दुको भनाई छ । आगामी दिनमा आफु जस्ता महिलाहरुलाई स्थानीय क्षेत्रबाट सिपमुलक तालिमहरु प्रदान गर्ने हो भने पक्कै आत्मनिर्भर हुने थिए ।

कमेन्ट गर्नुहोस्