लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेत्रहिन महिला संघको आयोजनामा शुद्धोधनका अपाङ्गता भएकाको अभिभावकलाई अभिमुखीकरण

IMG

फर्साटिकर। नेत्रहीन महिला संघको आयोजनामा शुद्धोधन गाउँपालिकाको फर्साटिकर रिद्दिसिद्धि पार्टी प्यालेशमा अपांगता भएका व्यक्तिको परिवार संग अभिमुखीकरण कार्यक्रम गरिएको छ। गाउँपालिका भित्र अपांगता भएका महिलाको लैङ्गकि हिंसा न्यूनीकरण र आर्थिक सशक्तीकरण लागि Disability Rights Fund को आर्थिक सहयोगमा संचालित परियोजना अन्तर्गतको अभिमुखीकरणको आज समुद्घाटन भएको हो ।


कार्यक्रममा अवस्था, अपांगता भएका व्यक्तिको स्वरोजगारको अवस्था र यसको प्रवर्द्धनका लागि स्थानीय तहको भुमिका , अपांगता भएका बालबालिका देखि महिलाहरुको अवस्था , हेरविचार गर्नेहरुको लागि समेत सिप र दक्षताको विषयमा छ्लफल भएको थियो ।कार्यक्रममा बोल्दै अपांगता भएका व्यक्तिका हेरचाह गर्नेहरुका लागि समयमै सिप र आत्मनिर्भरता आवश्यक रहेको नेत्रहीन महिला संघका महासचिव अनिता सिग्देलले बताउनु भयो । शुद्धोधन गाउँपालिकामा अपांगता भएका व्यक्तीलाइ सीप सिकाउने स्वरोजगार गराउने कुरामा पालिका सकारात्मक रहेको र अपांगता भएका व्यक्तिलाई  अनिवार्य सहभागी  गराउनका लागि पहल गर्ने कुरा समेत बताउनु भएको थियो ।कस्तो खालको सिप सिकाइयो भने आत्मनिर्भर हुन सक्छन भनि समूह छलफल गराउदै हेरचाह कर्ता भएर काम गरिरहँदा कस्तो सिप सिकियो भने थप मद्धत पुग्छ भन्ने कुरा समेत सिकाइएको सिग्देलले भन्नुभयो। 


कार्यक्रमा नेत्रहिन महिला संघका सचिव सुनिता नेपालीले अपाङ्गता सम्बधी परिचय, यसको अबधारणा र बिषयबस्तु माथि प्रकाश पार्नुभएको थियो। त्यस्तै महासचिव अनिता सिग्देलले व्यक्तिगत हेरचाहकर्ता र व्यक्तिगत सहयोगी सम्बन्धी आधारभूत पक्षहरुका बिषयमा छलफल गराउदै सुझाव र सिप आदा प्रदान गरुभेको थियो। कार्यक्रमको सहजीकरण फोकल पर्सन लक्ष्मी पाण्डेले गर्नुभएको थियो। शुद्धोधनका करिव ४० जना सहभागी रहेको तालिम कार्यक्रम सोमबार दिउसोसम्म चल्ने छ।

कमेन्ट गर्नुहोस्