लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुरै परिवार निस्किए फिल्म हेर्न,दशक करोड क्लबमा "परान"

IMG

बुटवल। यतिबेला हलहरू प्रदर्शनरत चार नेपाली फिल्मको आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक भएको छ । परिवार पुरै हात मिलाएर अहिले परान हेर्न हलमा खचाखच छन्। २०/२५ बर्षमा हाल पसेका हरुलाई नेपाली फिल्म परानले निराश पारेको छैन बरु दर्शकको प्रतिक्रिया पैसा बसुल देखिन्छ। धेरै दर्शकले गीत संगीत देखि फेमली ड्रामामा बएको फिल्मका निर्देशक तथा लेखक दिपक आचार्य काकुलाई रुँदै अंगालो मार्दै धन्यबाद समेत दिएका छन्। फिल्मले यो शनिबार सम्म हाल सम्मकै रेकर्ड तोडे अनुमान समेत गरिएको छ। 


सोमबार चलचित्र विकास बोर्डले ‘जेरी अन टप’, ‘परान’, ‘जारी २’ र ‘मन बिनाको धन’को कमाइ विवरण सार्वजनिक गरेको हो । जसमा सबैभन्दा धेरै कमाइ ‘जेरी अन टप’को देखिन्छ । यसले ३० दिनमा १२ करोड ७ लाखभन्दा माथिको ग्रस व्यापार गरेको छ ।कमाइको मामलामा ‘परान’ दोस्रो स्थानमा छ, तर दिनको हिसाबले पहिलो नम्बरमा पर्दछ। यसले गत शनिबारसम्म कुल ९ करोड ८६ लाख ९४ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ । आइतबारसम्म १५ दिनमै फिल्मले १० करोडको आँकडा पार गरेको देखिन्छ। अब ‘जेरी अन टप’को रेकर्ड तोड्न दैनिक हिसाब नगरी पैसा मात्र हेर्ने हो भने ‘परान’ दुई करोडले मात्र टाढा छ । फिल्मको व्यापारिक रफ्तार अझै बलियो रहेकाले १५ करोडको आँकडा छुनसक्ने प्रक्षेपण गरिएको छ ।


‘परान’पछि उच्च कमाइ फिल्म ‘जारी २’को छ । यो फिल्मले कात्तिक २९ गतेसम्म ४ करोड ९२ लाख २२ हजार रुपैयाँ कमाएको बोर्डको तथ्यांकमा उल्लेख छ । आइतबारसम्म फिल्मको कमाइ ५ करोड नाघिसकेको छ । ‘जारी २’लाई कमाइमा ‘मन बिनाको धन’ले पछ्याइरहेको छ । यसको ९ दिनको कमाइ २ करोड ४३ लाख ३५ हजार रुपैयाँ ग्रस छ । 

कमेन्ट गर्नुहोस्