लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शान्ता थापाको जीवन रक्षाका लागि सहयोगको अपिल

IMG

तिलोत्तमा।  गुल्मी, हर्मिचौर-५, माईति भई देवदह-७ स्थायी ठेगाना भएर तिलोत्तमाको १० नम्बर बस्ने ६० वर्षिय महिला शान्ता थापाको उपचारमा आर्थिक अभाव खड्किएको छ । क्यान्सर रोगबाट पीडित शान्ताको उपचार महंगो भएकाले उपचारका लागि आर्थिक समस्या देखिएको हो । सफल उपचारको लागि सिमित आम्दानीले उपचार खर्च असम्भव भएको उहाँले बताउनुभयो ।


शान्ताका अनुसार परिवारले सकेसम्म प्रयास गरेपनि आवश्यक रकम जुटाउन सक्ने अवस्था नआएको छ । उपचारमा धेरै रकम खर्च हुने भएकाले सहयोगको लागि परिवारले अनुरोध गरेको छ । कृपया आर्थिक सहयोग गरेर यो कठिन घडीमा परिवारलाई साथ दिनुहोस् । तपाईको सहयोगले आमाले नयाँ जीवन प्राप्त गर्नुहुनेछ। सहयोगका लागि आमा शान्ता थापालाई ९८४६६५५७४२ नम्बरमा सम्पर्क गरेर वा कुमारी  बैंकको खाता नं. 069034044720000L मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

कमेन्ट गर्नुहोस्