लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देवदहका किसानलाई ५० लाखसम्म कृषिकर्जा दिइने छ : सानाकिसान देवदह अध्यक्ष टिका गौतम

IMG

देवदह । साना किसान कृषि सहकारी संस्था देवदह-६ ले ५० लाखसम्म मासु तथा दुग्धजन्य कर्जा दिने भएको छ । बिहिवार सम्पन्न संस्थाको २६औं साधारण सभाले कृषि कर्जामा वृद्धि गरेको हो । अध्यक्ष टिका गौतमद्वारा प्रस्तुत तथा साधारण सभाद्वारा पारित प्रतिवेदनमा शेयर सदस्यले दुग्ध तथा मासुजन्य उत्पादनका लागि भेडा, बाख्रा र पाडापाडी, राँगा, भैंसी तथा बँगुर पालन व्यवसाय र गाईपालन व्यवसाय सञ्चालन गर्न चाहेको अवस्थामा सहुलियत व्याज दरमा ५० लाख कर्जा दिने उल्लेख छ ।


साधारण सभाले कार्यालयमा जनशक्ति व्यवस्थापन, नयाँ नयाँ प्रविधिको प्रयोग, सहकारीमा युवा सदस्यको सहभागितालाई बृद्धि, कृषिमा आधुनिकिकरण, सामुहिक कृषि कार्यलाई प्रोत्साहन, संस्था एकिकरण, सवारी साधन खरिद लगायतका विषयमा आवश्यक निर्णय लिएको अध्यक्ष गौतमले जानकारी दिइन् । संस्थाले सबै सेवा केन्द्रको साधारणसभा एकैसाथ गरेको छ । जसमा मुख्य सेवा केन्द्रको खैरेनीमा, देवदह–१०, को चरङ्गेमा र देवदह–११, को सिक्टहनमा  साधारण सभा गरिएको हो ।खैरेनीमा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका लेखा संयोजक भिमप्रसाद तुलाचनले सहकारीको माध्यमबाट देशको विकास गर्न सकिने बताए ।


उनले विश्वमा धेरै देशहरु सहकारीको माध्यमबाट विकास भएको बताउदै सहकारी नीति, विधि र प्रविधिमा संचालन गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा उत्कृष्ट तरकारी खेती गर्ने किसान, उत्कृष्ट वंगुर पालक, उत्कृष्ट भैसीपालक, उत्कृष्ट गाईपालक कृषक, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट वाल बचतकर्ता, उत्कृष्ट अन्र्तर समुह, महिला उद्यमी, असल ऋणि, उत्कृष्ट अन्तर समुहका पदाधिकारी, माध्यमिक शिक्षा परिक्षामा उत्र्तिण हुने विद्यार्थी संगै जेष्ठ शेयर सदस्यहरुलाई नगद सहीत सम्मान गरिएको थियो ।साधारण सभाले अध्यक्ष टिका गौतमको बार्षिक प्रतिवेदन, भावी योजना, व्यवस्थापक सरला सुवेदीको प्रगति प्रतिवेदन, लेखा संयोजक कल्पना जिसीको लेखा प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा शेयर सदस्यहरु यमलाल तिवारी, सविना गिरी लगायतले भनाइ राखेका थिए ।प्रतिबेदन हेर यहाँ क्लिक गरी हेर्नुहोस संस्थाको प्रतिवेदन : https://www.tilottamacitynews.com/upload/epaper/epaper1760631983.pdf 

कमेन्ट गर्नुहोस्