लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जेनजीका गतिविधि बढ्न थालेपछि काठमाण्डौकाे सुरक्षा व्यवस्था मजबुत

IMG

मुख्य सार्वजनिक स्थल तथा सरकारी कार्यालयहरूमा प्रहरीको तैनाथी बढाइयाे

काठमाण्डाै – जेनजी युवाहरूका गतिविधि बढ्न थालेपछि सङ्घीय राजधानी काठमाण्डौको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेजी र जेनजी आन्दोलनमा दमनकारी भूमिका खेल्ने शीर्षस्थ नेताहरूलाई पक्राउ गर्न चौतर्फी दबाव बढ्न थालेपछि काठमाण्डौका मुख्य सार्वजनिक स्थल तथा सरकारी कार्यालयहरूमा प्रहरीको तैनाथी बढाइएको हो ।


जेनजी पुस्ताका युवाहरूले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाव दिइरहेका छन् । जेनजीको एक समूहले आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सबै आयुक्तहरूको राजीनामाको माग गर्दै औपचारिक रूपमा निवेदनसमेत दर्ता गराएको छ ।ओली र लेखकलाई पक्राउ गर्नेबारे हिजो बेलुकी प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अङ्गका प्रमुखहरूसँग छलफल समेत गर्नुभएको थियो। यद्यपि प्रहरीले लिखित जवाफ माग गर्दै जाहेरी लिन नमानेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्