लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विपदमा जनतासँगै जुट्न नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन

IMG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिमबाट हुन सक्ने विपद् प्रतिकार्यमा पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशन दिएका छन् ।आज साँझ सामाजिक सञ्जालमा सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले जोखिमजन्य क्षेत्रमा सबै जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपील गरेका छन् ।


‘मौसम विभागको चेतावनीअनुसार देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम छ। जोखिमजन्य क्षेत्रमा सबै जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपील गर्दछु।’ उनले सन्देशमा लेखेका छन् ।उनले तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र विपद् प्रतिकार्यमा सक्रिय हुन पनि आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागले आजरातिबाट आइतबार सम्म पाँचवटा प्रदेशका बिभिन्न भागमा अति भारी वर्ष हुने पूर्वानुमान सार्वजनिक गरेसँगै प्रचण्डले सन्देश जारी गरेका हुन् ।

कमेन्ट गर्नुहोस्