
मंगलापुर। सहकारीको सिद्धान्त छोडेर बहकाउमा लागेर भावनामा बगेर सहकारी नचल्ने जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गिरी प्रसाद पुनले बताउनुभएको छ। पछिल्लो समय सहकारीको अवस्थाले जनतामा वितृष्णा फैलिएकोले बहकाउमा लागेर या भावनामा बगेर ऋण दिने प्रवृत्तिले सहकारी डुबेको उहाँको भनाई छ। जनताको पसिनाको कमाईमा संचालक र ब्यबस्थापकले रजाईं गर्नाले सहकारी डुब्ने उहाँको भनाई छ। संचालक र कर्मचारीको इमान्दारिता मात्र नभई चातुर्यता र चनाखो समेत हुनु पर्ने भन्दै अध्यक्ष पुनले जना उत्थान सहकारी पारदर्शिता र जवाफदेहितासंगै इमान्दारितामा अग्रणी स्थानमा रहेको भनाई ब्यक्त गर्नुभयो।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बीसौँ साधारण सभा १० वटै सेवा केन्द्रमा सम्पन्न गर्ने कार्यक्रम अनुसार मणिग्राम सेवा केन्द्रले राम जानकी मन्दिरमा गरेको एक औपचारिक कार्यक्रममा बोल्दै पुनले सो कुरा बताउनुभएको हो। जनउत्थान साकोसको १० वटा सेवा केन्द्र रहेका छन र १० वटा सेवा केन्द्रमा एकै दिन एकैपटक साधारण सभा सम्पन्न भएको अध्यक्ष गिरि प्रसाद पुनले जानकारी दिनुभयो। अशोज ४ गते बिहान ११ बजे सबै सेवाकेन्द्रमा एकैपटक शुरु भएको साधारण सभामा आ आफ्नो स्थान अनुसारका सेवा केन्द्रसंग सम्बन्धित सदस्यहरुको उपस्थिति रहेको थियो।
मणिग्राम सेवा केन्द्रकि संयोजक सिता पाण्डेको अध्यक्षता तथा तिलोत्तमा-७ का अवादा अध्यक्ष देवी प्रसाद पंगेनीको प्रमुख अतिथ्यतामा सम्पाना सो कार्यक्रममा हजारौ सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अथिति पंगेनीले सहकारीले आफुमा इमान्दारिता सगै पारदर्शितामा ध्यान दिनु पर्ने बताउनुभयो। अबका युवा घरमै बसेर नेतालाई गाली गर्ने भन्दा पनि उत्पादन संग जोडिएर समाजको बिकासमा एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै वडा अम्बर ११ तिलोत्तमाका अध्यक्ष बिष्णु बराल, वडा नम्बर १० का अध्यक्ष गोपाल प्रसाद घिमिरे,रामेश्वर ढकाल, बेवरी पार्कका दिल सिंह राना लगायतले बोल्दै अहिलेको समयमा कतिपय सहकारीहरूले सदस्यहरुको रकम लिएर फरार रहेका छन् तर जनउत्थानले यसरी प्रगति गर्नु आफैँमा एउटा उदाहरणीय काम रहेको बताउनुभयो। उहाँहरुले जनउत्थान साकोसको हरेक कामहरू पारदर्शि भएकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै अब्बल रहन सफल रहेको पनि बताउनुभयो।
साधारण सभामा नयाँ सदस्यहरुको लागि प्रवेश खुल्ला गरिनुको साथै हरेक सेवा केन्द्रमा आफ्ना १० जना सदस्यहरूलाई गोलाप्रथाद्वारा इन्डक्सन चुलो पनि वितरण गरिएको प्रबन्ध निर्देशक रन बहादुर थापाले जानकारी दिनुभयो।साधारण सभा सम्पन्न गर्न सहयोग गर्नुहुने स्वयंसेवकहरुलाई मायाको चिनो सहित सम्मान समेत गरिएको थियो।
कमेन्ट गर्नुहोस्