लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थान साकोसको असोज ४ गते १० वटै सेवाकेन्द्रमा एकैपटक साधारणसभा हुदै

IMG

मणिग्राम। यस क्षेत्रकै उत्कृस्ट र अन्तराष्ट्रिय ख्यातिप्राप्त एक्सेस ब्राण्ड घोषित तिलोत्तमाको जना उत्थान साकोसको १० सेवा केन्द्रमा एकैपटक साधारण सभा हुने भएको छ। यहि अशोज ४ गते बिहान ११ बजे सबै सेवाकेन्द्रमा एकैपटक शुरु हुने साधारण सभामा सेवा केन्द्र संग सम्बन्धित सदस्यहरुको उपस्थिति रहने प्रबन्ध निर्देशक रन बहादुर थापाले बताउनुभयो। सो साधारण सभाको सबै तयारी पुरा भएको निर्देशक थापाले बताउनुभयो। 


सो अवसरमा १० सेवा केन्द्र मार्फत उही समय र फरक स्थान र उही मितिमा एकैपटक साधारण सभा गर्ने सम्भवत: यो विश्वमै पहिलो सहकारी हो। करिव ४० हजार शेयर सदस्यहरु रहेको सो सहकारीको सदस्यहरुको बचत रकम फरक भएपनि सबैको एउटै रकमको शेयर रकम रहेको छ। साधारण सभामा विभिन्न खाले मनोरन्जनात्मक तथा अचम्मको पोको तथा विभिन्न सम्मान कार्यक्रमसंगै नयाँ सदस्यहरुको लागि समेत प्रवेश खुल्ला गरिने अध्यक्ष गिरि प्रसाद पुनले बताउनुभयो। 


कार्यक्रममा सहकारीको बारेमा उल्लेखनुइय योगदान गरेबापत र कलम चलाएबापत उत्कृस्ट पत्रकार सम्मान हुने उपाध्यक्ष सरु रानाले बताउनुभयो। कार्यक्रम सबै सेवा केन्द्रमा करिव ३ घन्टामा सकिने आयोजक सहकारीले जनाएको छ।सोहि अनुसार मणिग्राम सेवा केन्द्रको रामजानकी मन्दिर मंगलापुर कुटीमा साधारण सभा हुने मणिग्राम सेवा केन्द्रकि संयोजक सिता पाण्डेयले जानकारी दिनुभयो। 


जनउत्थानको सुरुवात २०५९ साल असोज २६ गते साविक टिकुलीगढ गा.वि.स.–८ सुपौलीमा पाँच जना चेतनशील युवाको अनौपचारिक छलफलबाट भएको हो। ३१ सदस्यबाट एक–एक सय रुपैयाँ संकलन गरेर सुरु भएको यो सहकारी, आज ३९ हजारभन्दा बढी सदस्य, १० सेवा केन्द्र र ८ संकलन केन्द्रसहित देशकै अग्रणी सहकारी बनेको छ।


कमेन्ट गर्नुहोस्