लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ईलाका प्रहरी पछि ट्राफिक प्रहरीको पुनर्निर्माण र सहयोगमा जुट्यो तिलोत्तमा गाइज

IMG

मंगलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोस्टमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट नस्ट भएको भवन तथा भौतिक संरचनाको पुनर्निर्माण शुरु गरिएको छ। स्थानिय युवाहरुको समूह तिलोत्तमा गाइजको सहयोगमा विभिन्न संघ संस्थाहरुले सहयोग गरेको निर्माण सामाग्री सहित जिन्सी समानहरु सहयोग गरिएको तिलोत्तमा गाइजका संयोजक पुजन केसीले बताए। 


सो ट्राफिक कार्यालयमा भएका सबै जिन्सी सामान तथा भौतिक सामाग्री समेत जलेर नस्ट भएको छ। जसकारण कार्यालयमा रहेको सबै ट्राफिक प्रहरीको लत्ता कपडा, युनिफर्म, कागजपत्र,भवनको झ्याल ढोका, इलेक्ट्रिक सामान, सिसि टि.भी., कम्प्युटर, फर्निचर, फर्निशिंग, वयरिङ्ग, बिजुलीमिटर,रंगरोगनमासमेत ठुलो क्षति भएको थियो । कार्यालय तयार नभए पछि अहिले मनागलापुर ट्राफिक प्रहरीले नियमित काम समेत गर्न अफ्ठ्यारो भएको छ।सो समस्या भएपछी तिलोत्तमा गाइज्का युवाहरुले सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन्। 

कमेन्ट गर्नुहोस्