
सुशील खनाल, बुढानिलकण्ठ। आगामी असोज ३ गतेदेखि ७ गतेसम्म बुढानिलकण्ठमा एक भव्य कृषि मेला आयोजना हुने भएको छ। यस मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन, कृषकहरूबीच ज्ञान आदान–प्रदान तथा बजार विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।मेलाको मुख्य आकर्षण भनेको मुस्ताङ जिल्लाबाट ल्याइने ताजा स्याउ हुनेछ। उच्च हिमाली भेगमा उत्पादन हुने मनाङको स्याउ स्वाद, आकार र पौष्टिकतामा विशेष मानिन्छ। मेलामा आगन्तुकहरूले यी स्याउको प्रत्यक्ष स्वाद लिन सक्नेछन् साथै खरिद समेत गर्न सक्नेछन्। करिब दैनिक रुपमा २५० जनाले अबलोकन गर्ने आयोजकले जानकारी दिएको छ।यसकाे मुख्य रुपमा सहजिकरण बुढानिलकण्ठका रैथाने बजारले गर्ने छ।
यस मेला कार्यक्रममार्फत स्थानीय कृषकहरूले आफ्ना उत्पादनहरू (जस्तै तरकारी, फलफूल, अन्न, अचार, जडीबुटी आदि) प्रदर्शनीमा राख्नेछन्। साथै, कृषि प्रविधिका केही नविन उपकरण, बीउ, मल तथा तालिमहरू पनि समावेश गरिने आयोजकहरूले जनाएका छन्।स्थानीय सरकार, कृषक समूहहरू, विद्यालय, र निजी क्षेत्रको सहकार्यमा आयोजना गरिने यो मेलाले कृषि क्षेत्रमा उत्साह थप्ने विश्वास गरिएको छ।मेलामा कृषक, विद्यार्थी, व्यापारी, अनुसन्धानकर्ता र सर्वसाधारण सबैको उल्लेखनीय उपस्थिति रहने अनुमान गरिएको छ।
कमेन्ट गर्नुहोस्