लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुशीलाले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउनुपर्ने शर्त

IMG

काठमाडौं । जेनजी आन्दोलनको बलमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् ।शीतल निवासमा आयोजिक एक समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा –मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट इच्छा अनुसार दल र सरोकारहरूको परामर्शसमेतका आधारमा नेपालको संविधानबमोजिम राष्ट्रपतिमा अन्तरनिहीन संवैधानिक अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिवन्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ ।


बधाई दिँदै सुशीलालाई राष्ट्रपतिले भने- देश बचाउनुस्

नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले देश बचाउन शुभकामना दिएका छन् ।शपथपश्चात उद्घोषकले बधाई,सहित शुभकामना र फोटो सेसनका लागि आव्हान गरेका थिए । सोक्रममा पौडेलले कार्कीलाई भने- ‘बधाई छ, धेरैधेरै शुभकामना । देश बचाउनुस् ।’


सपथ ग्रहणमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष अनुपस्थित

आन्तरिक सरकारका प्रधानमन्त्री सुशीला कार्कीको शपथमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नाराय दाहाल अनुपस्थित भएका छन् ।शपथमा डा बाबुराम भट्टराई बाहेक अन्य पूर्वप्रधानमन्त्रीहरू पनि देखिएनन् । विभिन्न देशका राजदूत साथै कूटनीतिक नियोगका अधिकारी भने सहभागी थिए ।


कमेन्ट गर्नुहोस्