
शान्तिचोक। तिलोत्तमाको दरबारलन,शान्तिचोकमा अन्तर सहकारी संस्था प्रथम जिल्लास्तरीय तीज गीत प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ। हरितालिका तीजको अवसर पारेर “महिला सशक्तिकरणका लागि सहकारीको भूमिका” विषयक तीज गीत प्रतियोगिता सम्पन्न भएको हो। दरबार लन होटल, योगिकुटीमा आयोजित कार्यक्रममा पाँच वटा समूहले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
रास्ट्रिय सहकारी महासङ्घ नेपालका लेखा सुपरिवेक्षण समिति संयोजक जिल्ला संघ रुपन्देहीका अध्यक्ष तथा रास्ट्रिय सहकारी बैंक बुटवल शाखाका व्यवस्थापन समितिक संयोजक भिम तुलाचनले महिलाको सशक्तिकरण र सहकारीबीचको सम्बन्धलाई विशेष महत्व दिए। उनले महिला सशक्तिकरण सहकारीबाटै सम्भव छ। सहकारी संस्था महिलाको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।तिज जस्ता पर्वमार्फत महिलाले आफ्नो प्रतिभा देखाउनुका साथै सहकार्य र एकताको सन्देश दिएको भनाइ राखे । सहभागिता जनाउने समूहहरू विभिन्न सहकारी संस्थासँग आवद्ध रहेका थिए।
कार्यक्रममा सहभागी महिलाहरूले परम्परागत भेषभूषा र तीजको सांगीतिक माहोललाई झल्काउने प्रस्तुति दिएका थिए। प्रथम दूरदर्शी महिला कृषि सहकारी संस्था लिमिटेड बुटवल ११ भएको छ ,नारी एकता महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड सियारी ६ द्दितिय र साना किसान कृषि सहकारी संस्था लिमिटेड तिलोत्तमा नगरपालिका १ र प्रगतिशील महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड तिनपा १० सान्त्वना स्थान हासिल गरेका थिए।
कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड, रुपन्देही र राष्ट्रिय सहकारी बैंक लिमिटेड, बुटवलको संयुक्त आयोजनामा भएको हो। जिल्ला संघ रुपन्देहीकि संचालक तथा महिला सशक्तीकरण उप समिती संयोजक मिना कुमारी कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सहकारी संघ लि. रुपन्देहीकी व्यवस्थापक लक्ष्मी ज्ञवाली , स्वागत रास्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख संगीता धितालले गरेकी थिईन । कार्यक्रममा करिब १०० जना जतिको उपस्थिति थियो ।
कमेन्ट गर्नुहोस्