लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तीज र बिहेको साइत आउनै लाग्दा,मणिग्राममा खुल्यो स्वाभिमान ज्वेलर्स

IMG

मणिग्राम। गाउँ समाजमा महिलाहरुको महान पर्व तथा हिन्दुनारीहरुको पर्व हरितालिका तीज र त्यसपछिका महिनामा बिहेको साइत आउनै लाग्दा तिलोत्तमाको मणिग्राममा स्वाभिमान ज्वेलर्स खुलेको छ।ज्वेलर्सको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, वडा अध्यक्षहरु, सदस्यहरु तथा कर्मचारी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा २ दिने समुद्घाटन सहित शुभारम्भ गरिएको ज्वेलर्सका प्रोप्राइटर सुरेन्द्र श्रीले जानकारी दिनुभयो। तिलोत्तमाको मणिग्राम, चोक देखि ४० मिटर पश्चिम बुद्ध परिपथमा रहेको ज्वेलर्सको नयाँ शोरुमको भव्य शुभारम्भ गरेको जानकारी दिनुभएको छ। 


नेपाली पुराना तथा नयाँ गहनाहरुको प्रबर्द्धन र स्थानिय बजारमा बिश्वासको प्रतिमूर्ति सहित बिस्तार गर्न आफुहरु निरन्तर लागि पर्ने संचालक श्रीले दाबी गर्नुभएको छ । स्वाभिमान ज्वलेर्सले नेपाली परम्परागत गहनाहरु, विदेशी डिजाइनका गहनाहरु, नेपाली र विदेशी समिश्रण भएका फ्यूजन डिजाइनका गहनाहरु निर्माण तथा बिक्री गर्ने गरि शोरुम शुभारम्भ गरेको हो। गहना शुद्धता र बिश्वासको प्रतिक हुने भएकोले स्वाभिमानले आफ्नो स्वाभिमानको लागि र दु:ख गरेर कमाएको धन खर्चेर किनिने गहनामा पुर्ण बिश्वास सहितको सन्तुस्टि दिइने संचालक श्री बताउनुभयो। ग्राहकको सन्तुस्टि नै ज्वेलर्सको चाहना मानेर अगाडी बढिने उहाँको भनाई छ।  


शोरुमबाट गहना बिक्री गर्ने मात्र नभई नेपाली काइनाइट, रुबी, निलम, टर्मलिनसहित नेपाली रत्न(जेम्सस्टोन)हरु उत्खनन गर्ने र विदेशी मुलुकका गरगहना खरिद बिक्री, मर्मत तथा सट्टिपट्टि एबम दक्ष कालिगढबाट भनेजस्ता उच्च गुणस्तरका गरगहनाहरु निर्माण समेत गरिने उद्धेश्य समेत आफूहरुले लिएको स्वाभिमानका संचालक श्रीले दाबी गर्नुभएको छ।स्वाभिमानको आगमनले नेपाली परम्परागत गहनाहरुको स्थानिय बजारमा पनि प्रबर्द्धन र माग बढ्ने अपेक्षा श्रीले गर्नुभएको छ। व्यस्त बजार मणिग्रामको स्वाभिमान ज्वेलर्सको शुभारम्भ तथा तीजको अवसरमा जर्ती तथा ज्यालामा बिशेष छुटका साथ् सुनचांदीका गरगहना बिक्रि बितरण भैरहेको छ। 

कमेन्ट गर्नुहोस्