
मणिग्राम,२०८२ साउन २९ गते । विगत २५ वर्षदेखि बुटवलमा सेवा दिइरहेको द ग्ल्यामर टेलर्सले मणिग्राममा नयाँ शाखा द रेमण्ड सप खोलेको छ। तिलोत्तमा ५ मणिग्रामबाट करिव ५० मिटर पुर्व प्रभात पथ नबिल बैंक अगाडि द द रेमण्ड सपको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणद्वारा आज समुद्घाटन भएको छ । करिब दुइ करोड पचास लाख लगानिमा मणिग्राम निवासी तिलक बस्नेतले सो सप सञ्चालन गरेका हुन । सपमा इन्डियाको सबै भन्दा पुरानो र प्रख्यात आफ्नै विशेषता रहेको अत्याधुनिक मेषिनबाट निर्मित रेमण्ड ब्राण्डका कपडाहरु सुपथ मुल्य मा पाइने साथै इमर्जेन्सी मा दुइ,तिन घण्टा मै कोट पाइन्ट तयार गरिने , बेहुला बेहुली को विवाह सेट का कपडा, सट पाइन्टका लागि उत्कृष्ट कपडाहरु उपलब्ध रहेको सञ्चालक बस्नेत बताउँछन । न्यु नारि कलेक्सन अन्तर्गत महिलाहरुका लागि विषेश र आकर्शक रेडिमेड सुट,सारी लगायत टपहरु पनि उपलब्ध रहेका छन।
व्याक्ति्व झल्काउने मुख्य चिज कपडा लगाइ शैलि रहेको साथै उत्कृष्ट ब्राण्ड तिलोत्तमा मणिग्राममा परिचित गराएको मा तिलोत्तमा नगरपालिका का मेयर रामकृष्ण खाणले उद्घाटन समारोहमा बोल्दै खुसि व्यक्त गरे। मणिग्राम बासिलाइ नयाँ ब्राण्डको साथमा कपडा उपलब्ध गराउने विचार रहेर यो पसल खोलेको सञ्चालक तिलक बस्नेतको भनाइ छ जहाँ करिव १० जनाले रोजगारी पाएको उनि बताउछन।
कमेन्ट गर्नुहोस्