
विश्वशान्ति चोक। प्रतिनिधि सभा सदस्य छबिलाल बिश्वकर्माले तिलोत्तमा ९ मा अवस्थित विश्वशान्ति आधारभुत विद्यालय सहित तिलोत्तमाका ३ छुट्टछुट्टै योजनामा रु ३ करोड बजेट विनियोजन गरिएको बताउनुभएको छ । योजनाका सन्दर्भमा आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा महत्वपुर्ण विचार राख्दै सांसद विश्वकर्माले विनियोजित बजेटबाट विश्वशान्ति स्कुलमा भौतिक पुर्वाधार लगायतका काम तत्काल शुरु गरिने प्रष्ट पार्नुभयो । विद्यालयका अध्यक्ष हरि पाण्डेको अध्यक्षतामा आयोजित संघीय योजना कार्यान्वयन सहजीकरण बैठकमा बोल्दै बिश्वकर्माले विश्वशान्तिको भौतिक पुर्वाधार समय मै सम्पन्न गर्न संघीय सरकारको तर्फबाट सहजीकरण गर्न आफू हर संभव प्रयासरत रहने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले यसक्षेत्र कै नमुना विद्यालयका रुपमा स्थापित विश्वशान्ति आधारभुत विद्यालयलाई संघ सरकारबाट बजेट विनियोजन गरिएकोमा खुशी ब्यक्त गर्नुभयो । वहाँले समयमै योजना सम्पन्न गर्न आफ्नो तर्फबाट हरसंभव प्रयास गर्ने जनाउनुभयो । योजनाको कार्यान्वयन तथा प्रक्रियाको सम्बन्धमा मन्तब्य दिदै संघिय योजना कार्यान्वयन ईकाईका इन्जिनियर प्रविण वाग्लेले खरिद प्रक्रिया, लागत अनुमान तथा ठेक्का प्रक्रिया लगायतका सम्पुर्ण कामहरु यथाशिघ्र सम्पन्न गरिने बताउनुभयो । वहाँले आगामी असारभित्रै पुर्वाधारका सम्पुर्ण कामहरु सम्पन्न गर्ने गरि काम गरिने प्रतिवद्धता जनाउनुभयो ।
बैठकमा बोल्दै तिलोत्तमा वडा न ९ का अध्यक्ष ध्रुव न्यौपाने, तिलोत्तमा ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, जिल्ला शिक्षा इकाई प्रमुख माधव बन्जाडे लगायतले विद्यालयको स्तरउन्नतिका लागी विनियोजित बजेटबाट आवश्यक भौतिक निर्माण समय मै पुरा हुनेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो । बैठकमा नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री, राधा शाही, संघिय योजना कार्यान्वयन ईकाईका इन्जिनियर नरसिंह चौधरी, एमाले नगर अध्यक्ष मिनप्रसाद पोख्ररेल, विश्वकर्माका स्वकिय सचिव वेद गिरी, वडाका जनप्रतिनिधीहरु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, सल्लाहकार, पुर्व अध्यक्ष, दाता, समाजसेवी, शिक्षक, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
विद्यालयका शिक्षक तारा अर्यालको सन्चालन रहेको कार्यक्रममा विद्यालयका प्रअ डोलराज पाण्डेले स्वागत मन्तब्य दिनुभएको थियो । २०६०÷०६१ सालमा स्थापना भएको विद्यालयमा हाल करिव ३०० विद्यार्थी अध्यनरत छन भने विद्यालयमा कक्षा ८ सम्म अध्ययनअध्यापन हुदै आएको छ ।
कमेन्ट गर्नुहोस्