लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सङ्खुवासभा समाज कतारको चौथो अधिवेशन सम्पन्न,अध्यक्षमा मादेन सर्वसम्मत

IMG

कतार। सङ्खुवासभा समाज कतारले "चौथो अधिवेशन" भव्य रूपमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष राजेन्द्र खनालको सभापतित्व तथा कोशी समन्वय परिषद् कतारका अध्यक्ष पदम कुमार घिमिरेको प्रमुख आतिथ्यमा खुल्ला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्र बाट आगामी कार्यकालका लागी सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिका वडा न १ का  बिरेन मादेन लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।


त्यस्तै वरिष्ठ उपाध्यक्षमा पदम प्रसाद सिम्खडा, प्रथम उपाध्यक्षमा भवानी शंकर पौडेल, द्वितीय उपाध्यक्षमा मान बहादुर तामाङ,महासचिवमा  शिव कुमार खत्री, उप महासचिवमा सञ्जय के.सी सचिवद्वय उमेश सुबेदी र विक्रम निरौला कोषाध्यक्षमा प्रकाश लिम्बु,सह कोषाध्यक्षमा खड्ग बस्नेत,साहित्य संयोजकमा राज कुमार सुवेदी,महिला संयोजकमा कृष्णा राई निर्वाचित भएका छन् ।


त्यस्तै कार्यसमिति सदस्यहरूमा दीपेन्द्र कार्की,डम्बर अधिकारी,सञ्जीव तामाङ,टेक बहादुर कटुवाल,सञ्जीव कुमार श्रेष्ठ,विमला न्यौपाने,मीन कुमार कार्की,जीवन मते,गोविन्द मते,बिध्या न्यौपाने,कविता राई मादेन,पवन लिम्बु,भीम बहादुर श्रेष्ठ,पर्शुराम सुवेदी र सन्तोष निरौला रहेका छन् । नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई  निर्वाचन समितिका संयोजक केशव कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।


विधिगत रूपमा ब्यानर अनावरण दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरिएको अधिवेशनमा समाजका प्रथम उपाध्यक्ष बिरेन मादेन लिम्बुले कार्यक्रमको मूल उद्देश्यको बारेमा प्रस्ट पार्दै स्वागत मन्तव्य राखेका थिए । मादेनले “संखुवासभालीको पहिचान, विश्व सामु चिनाउने हाम्रो अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै प्रवासमा पनि आफ्नो सङ्खुवासभा जिल्लालाई कतारमा सबैको माझ  नजिकबाट चिनाउन पाएको र सामाजिक एकतालाई बलियो बनाउँदै अगाडि बढेको बताए ।


पूर्वी नेपालको सङ्खुवासभामा प्रचलित मारुनी नृत्य खड्ग बस्नेत,सिर्जना खनाल र ललिता विकले सामूहिकमा पेस गरेका थिए ।समाजले दुई बर्से कार्यकालमा उत्कृष्ट कार्यसम्पादन गरेको कार्य प्रगति बिवरण् महासचिव पदम सिम्खडाले सभामा पेस गरेका थिए । संस्थाको मातहतमा रहेको पञ्चेबाजाले थप रौनक थपेको थियो ।समाजका कोषाध्यक्ष शिव खत्रीले संस्थाको  आर्थिक प्रतिवेदन पेस गरेको अधिवेशनमा  संस्थाका संरक्षकहरू, सल्लाहकारहरू,पूर्व कार्यसमिति, आजीवन सदस्य, मानार्थ सदस्य, समाजसेवी, पत्रकार तथा कलाकारहरूलाई सम्मान पत्र,प्रशंसा पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो ।


खुल्ला सत्रको समापन गर्दै सभापति खनालले आफ्नो कार्यकाललाई सम्पन्न गर्न साथ  सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा बाकी रहेका काम नयाँ कार्यसमितिले पूर्णता दिने विश्वास व्यक्त गरे कार्यक्रमको सहजीकरण महासचिव पदम प्रसाद सिम्खडाले गरेका थिए । कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थित सहित मन्तव्य रहेको थियो । 

कमेन्ट गर्नुहोस्