लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भलवारीमा पुराना प्लास्टिकका जार छ्याप्छ्याप्ती, दररेट र स्वास्थ्यमा खेलबाड, प्रसासनको अनुगमन शुन्य

IMG

भलवारी। रुपन्देहीको तिलोत्तमा भलवारीमा चरम लापरबाहीका बीच जार बिक्री वितरण गरिएको पाइएको छ। भलवारीमा रहेको सिता महत स्टोरमा बिना मार्किंग र भेलिड-डेट र एक्सपायर-डेट बिना नै जार बिक्रि गरिएको स्थानीयको गुनासो छ।  त्यतिमात्रै होइन सो पसलमा, बाहिर पाइने रकमभन्दा २० रुपैया समेत महँगो भएको समेत स्थानिय ग्राहक उपभोक्ताको गुनासो छ। 


पुरानो प्लास्टिक भएर पानी खान मननलाग्ने गरि भाडा राखिएको र सिलप्याकमा समेत प्वाल रहेकोले आफुहरुलाई पैसा तिरेर शुद्ध पानी समेत पिउन नपाउदा निकै दु:ख लागेको एक स्थानियले नाम नबताउने शर्तमा भनेका छन्। घरमा नियमित रुपमा धारामा पानी नआउने हुँदा जारको पानी खान बाध्य भएकोले टाढा कह,जानु भनेर सोहि पसलबाट किनेको, तर महँगो र उपभोक्ताको स्वास्थ्य प्रति पसल संचालक गम्भीर नहुँदा दु:ख लागेको एक गृहणी बताउछिन।


त्यसो त बाहिर अन्यठाउँमा ( मंगलापुर, मणिग्राम, शंकरपुर्, पथ्थरडांडामा समेत ५० रुपैयामा पाइने ) उत्तिकै तौल र लिटरको जार सिता महत स्टोर भलवारीमा ७० रुपैया लिने गरेको समेत उनले बताईन। आफुले अशुद्ध पानी महंगोमा किनेर खानुपरेको प्रति गुनासो गर्दै उनले स्थानिय तह र प्रसासनलाई अनुगमनका लागि समेत अनुरोध गरेकी छिन।भलवारीमात्रै होइन तिलोत्तमा, बुटवल,भैरहवा क्षेत्रका अन्य पसलहरुमा समेत त्यस्तै खालको पुरानो जार बोत्तलमा पानी उत्पादन गर्दै बिक्रि वितरण गरेको उपभोक्ताको गुनासो छ।  


के जारको पानी स्वास्थ्यका लागि राम्रो हो? 

दैनिक रुपमा प्रयोग गरिने पानीका प्लास्टिकका जार र बोतलहरु हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक रहेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार एक लिटर बोतलको पानीमा औसत २ लाख ४० हजार प्लास्टिकको टुक्रा रहने बताएको छ ।माइक्रोप्लास्टिकको साइज एक माइक्रोमिटर अर्थात् एक मिटरभन्दा १० लाख गुणा सानो हुन्छ भने यसको अधिकतम आकार ५ मिलिमिटरसम्म हुन्छ । माइक्रोप्लास्टिकभन्दा साना कणहरूलाई नैनोप्लास्टिक भनिन्छ । यो एक मिटरको एक करोडौं भाग हो।


उपभोक्ताले कस्ता खाद्य वस्तु उपभोग गरेका छ, ती वस्तुहरू स्वास्थ्यका लागि कति फाइदाजनक र हानिकारक छन् भन्ने कुराको अनुगमन र अनुसन्धान गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जार र पानीको बोतलहरु अनुगमन नगरेको अवस्था छ । जसका कारण उपभोक्ताहरु मिति गुज्रिएको जार, पानीका बोतलबाट दैनिक पानीको आपूर्ति गर्न बाध्य छन् ।स्वास्थ्यका लागि हानिकारक मानिएका जार, प्लास्टिकका बोतल सिंहदरबारका हरेक मन्त्रालय र मन्त्रालयका टेबल टेबलमा देखिन्छ । तर पनि यसको सही अनुगमन र अनुसन्धान भने गरिएको छैन ।

कमेन्ट गर्नुहोस्