
कतार/ गुल्मीका दोहोरी गायक बाबुराम पन्थी कतार आई पुगेका छन् । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारको ११औँ राष्ट्रिय एकता महाधिवेशनमा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार पन्थी बिहीबार राती कतार आई पुगेका हुन ।नेपाल बाट आमन्त्रित अतिथि कलाकार पन्थीलाई भव्य स्वागत गर्नको गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक बुद्ध पाण्डेय,शनि कुमार ओली लगायत अन्य व्यक्तित्वहरू हमद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका थिए |
आफ्नो प्रस्तुति दिन कतार पुगेका पन्थीले कार्यक्रममा दोहावासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लाई उपस्थितिको लागी हार्दिक अनुरोध समेत गरेका छन् ।दोहाको मुटुमा रहेको क्राउन प्लाजा होटेलको सभा हलमा दिउँसो १ बजे देखि सुचारु हुने कार्य तालिका रहेको छ । गैर आवासीय नेपाली सङ्घ एनआरएनए एनसिसी कतारले कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि,एनआरएनए अभियान्ता,सामाजिक व्यक्तित्व,तथा पत्रकारहरूलाई उपस्थितिको लागी अनुरोध समेत गरेको छ ।
कमेन्ट गर्नुहोस्