लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बेलायतको चुनावमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

IMG

बेलायत // बेलायत सरकारले १६ वर्षका बालबालिकालाई आमचुनावमा मतदान गर्न अनुमति दिने घोषणा गरेको छ । सत्तारुढ लेबर पार्टीले गएको वर्ष सत्तामा आउनुअघि उमेर १८ वर्षबाट घटाउने प्रतिबद्धता जनाएको थियो ।प्रधानमन्त्री केइर स्टार्मरले १६ वर्षका बालबालिकाले कर तिर्न योग्य हुने भएकाले उनीरुले मतदान गर्न पाउनु स्वभाविक रहेको बताउनु भएको छ ।


यो घोषणा कार्यान्वयनमा लैजानका लागि सरकारले संसद्बाट कानूनी प्रावधान ल्याउनुपर्छ ।अहिलेको सरकारसँग कानुन परिवर्तनका लागि सहज बहुमत छ । विश्वमा थोरै देशहरूले मात्र १६ वर्षका किशोरकिशोरीलाई राष्ट्रिय चुनावमा मतदान गर्न अनुमति दिन्छन् । 

कमेन्ट गर्नुहोस्