
योगिकुटी। तिलोत्तमा–२, योगीकुटीमा रहेको श्री जनजागृति मा.वि. मा एसइइ २०८१ मा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गरिएको छ ।स्वागत मन्तव्यका क्रममा प्रधानाध्यापक टंक प्रसाद पौडेलले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यार्थी, शिक्षक, अभिभावक, वि.व्य.स र विद्यालय प्रशासनले विभिन्न योजना बनाएर शैक्षिक गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो ।
परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल नेपाली विषय शिक्षक प्रेम गौतम र अङ्ग्रेजी विषयका शिक्षक डि.आर भण्डारीलाई विद्यालयका प्रधानाध्यापक टंक प्रसाद पौडेलले व्यक्तिगत तर्फबाट जनही रू १०/१० हजार प्रदान गर्नुभएको थियो भने कक्षा १० अध्यापन गराउनुहुने शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सहप्रधानाध्यापक खेमराज खनालले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्