लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध : नवलपरासीको दुम्किबासमा बाढीले डाइभर्सन बगायो

IMG

दुम्किबास। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किबासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ। आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताउनुभयो ।


बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको उहाँले बताउनुभयो । डाइभर्सन गरिएको ठाउँ बाढीले बगाएपछि साना तथा यात्रुवाहक गाडीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नयाँ पुल ढलान भएको छ । असारको दोस्रो हप्तादेखि पुल सञ्चालन गर्ने योजना रहेको आयोजनाका सूचना अधिकारी शिव खनालले बताउनुभयो । 

कमेन्ट गर्नुहोस्