लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादीको रोकिएको मध्यपहाडी अभियान जेठ २१ पछि पुनः सुरु हुने

IMG

खुमलटार। केही समय रोकिएको नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान जेठ २१ गतेपछि पुनः सुरु हुने भएको छ।शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा बसेको पार्टी पदाधिकारी बैठकले पोखरामा पुगेर रोकिएको अभियानलाई पुनः सक्रिय बनाउने निर्णय गरेको हो।केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनका अनुसार, बैठकमा विस्तृत छलफल नभए पनि अभियान निरन्तरताका विषयमा ठोस निर्णय लिइएको छ।


उनले भने, “पार्टीले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग अभियान यही जेठ २०/२१ पछि फेरि अघि बढाउने निर्णय भएको छ।”यसअघि विभिन्न भू–भाग हुँदै अघि बढाइएको अभियान हालसालै पोखरामा रोकिएको थियो। माओवादी केन्द्रले यस अभियानलाई राजनीतिक जनसंपर्क, संगठन सुदृढीकरण, र भौतिक पूर्वाधार विकासमा जनचेतना अभिवृद्धिको उद्देश्यले सञ्चालन गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्