
मणिग्राम। निक्षेप तथा कर्जा सुरक्षण कोष शाखा कार्यालय बुटवलको आयोजनामा एकदिने कर्जा सुरक्षण सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । नविन सुरक्षण कार्यक्रमहरु मार्फत सुचना प्रबिधि क्षेत्रको वृद्धि गरी नेपाल सरकारको सुचना प्रबिधिनीतिलाई आत्मसाथ गर्ने अभिप्रायले ड्रीमल्याण्ड होटल मणिग्राममा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो। गोष्ठीमा कर्जा सुरक्षण तथा रोजगारमुखी सिप बिकास तालिम कर्जा सुरक्षण योजना सम्बन्धमा छलफल तथा अन्तरक्रिया भएको थियो।
बिहान ११ बजेदेखि आयोजित उक्त कार्यक्रममा बैंक तथा बित्तिय संस्थाका प्रतिनिधीहरु,कर्मचारीहरु,बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारीहरु लुम्बिनी बाणिज्य क्याम्पसका प्रतिनिधि, केएनपीआइका प्रतिनिधि,तथा उच्च पदस्थ कर्मचारीहरु,रोजगार संयोजक, सुचना प्रबिधि कम्पनीका संचालक तथा कर्मचारीहरु, युवाउद्यमी लगायत कोषका कार्यकारी प्रमुख लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।
गोष्ठीले आइसीटी तथा एसएमई क्षेत्रमा ईच्छुक युवालाई तालिम तथा सिप र बिना कर्जाका लागि सहज बनाउन यस्तो गोष्ठीले सहयोग पुग्ने कोषका बुटवल प्रमुख बसन्त केसीले बताउनुभयो। उहाँले युवा पुस्तालाई उद्यमशीलतासंग जोड्न निकै ठुलो सहयोग पुग्ने समेत बताउनुभयो। कर्जा सुरक्षण बिभाग प्रमुख मन्दीरा थपलियाले सहजीकरण गर्नुभएको सो कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कोषले प्रस्ताव गरेको सुचना प्रबिधि सम्बन्धी तीन ओटा कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो । बैंक वित्तीय संस्थाहरुले प्रबाह गर्ने कर्जाको मोडालिटी, कर्जा लिनेको कर्तव्य, भुक्तानी तरिका आदिको बारेमा प्रमुख कार्यकारी अधिकृतले जानकारी दिनुभएको थियो।
त्यसपछि खुला छलफलमा सहभागीहरुको तर्फबाट आएका टीका टिप्पणीहरुको बारेमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले थप प्रष्ट पार्नुभयो । कार्यक्रममा स्वाभिमान लघुबित्त बित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज चौधरीको प्रमुख आतिथ्यता, उन्नति सहकार्य बित्तिय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारी,कृषि बिकास बैंकका लुम्बिनी प्रदेश निर्देशक नवराज न्यौपाने,नेपाल राष्ट्र बैंक भैरहवाका सहायक निर्देशक मनिस श्रीवास्तव,नेपाल बैंक लिमिटेड लुम्बिनीका उपप्रमुख सुपज ज्ञवाली लगायतले बोल्दै कर्जा सुरक्षणका लागि कोषले खेलेको भूमिका निकै सुखद रहेको बताउनुभएको थियो।
दिउसो संचालित सोही कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले युवा उद्यमीका लागि नगरपालिकाले बजेट नीति तथा कार्यक्रममै नवप्रबर्तन र नवउद्यमीका लागि कार्यक्रम ल्याएको र त्यसमा बैंक तथा बित्तिय संस्थाले राम्रो भूमिका खेलेको बताउनुभयो। कार्यक्रममा युवा उद्यमीहरुसंग साक्षात्कार गर्दै नगरप्रमुख खाणले युवाहरुको नया सोच र नया जाँगरलाई उजागर गर्न र प्रेरणा दिई सहयोग गर्न तिलोत्तमामा स्वागत गर्ने समेत बताउनुभयो।
कार्यक्रममा बोल्दै कोषका बुटवल प्रमुख बसन्त केसीले सहभागीहरुबाट प्राप्त सुझाबहरुलाई मनन गर्दै सुरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न कोष कटिबद्ध रहेको र सुचना प्रबिधि कम्पनी र बैंक वित्तीय संस्थाहरुको सुझाव तथा सहयोग सधैं कोषका लागि अपरिहार्य रहने हुँदा सहयोगको सदैव अपेक्षा सहित कार्यक्रमको सन्दर्भमा पुनः छलफल गर्ने प्रतिवद्धता सहित कार्यक्रम समापन गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्