लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा महिला पत्रकारको क्षमता विकाससम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

सरु राना - 2025 May 29 09:38 PM
IMG

कालिकानगर। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा महिला पत्रकारहरूको क्षमता विकाससम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रा देवी अर्यालको आतिथ्यतामा सम्पन्न भएको हो।उपमहानगर प्रमुख खेल राज पाण्डेले महिला पत्रकारहरूको सशक्तिकरण र संचार क्षेत्रमा उनीहरूको भूमिकालाई प्रभावकारी बनाउन कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताउनु भयो। 


गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेले गणतन्त्रको महत्वमाथि जोड दिँदै,गणतन्त्रको विकल्प गणतन्त्र नै रहेको बताउनु भयो । गणतन्त्रलाई अझै मजबुत बनाउन एकजुट भएर अघि बढ्नुपर्छ नगर प्रमुख पाण्डेले आग्रह गर्नु भयो।यसै गरि उपप्रमुख सावित्रा देवि अर्यालले महिला पत्रकारहरूको सशक्तिकरण बिना समावेशी विकास सम्भव नरहेको भन्दै उपमहानगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनु भयो । गणतन्त्र दिवसको दिन भएको कार्यसाला गोष्ठमा बोल्दै अर्यालले गणतन्त्रले महिलाको हक, अधिकार र सहभागितामा महत्वपूर्ण सुधार ल्याएको बताउनु भयो। “अघिल्लो शासन प्रणालीमा महिलाको आवाज दबिएको तर गणतन्त्रपछिको व्यवस्था महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक अधिकार सुनिश्चित गर्नतर्फ प्रभावकारी बनेको बताउनु भयो। 


क्रियाशील महिला पत्रकार ,रुपन्देहीका अध्यक्ष कल्पना तिवारीको अध्यक्षतामा सम्पन्न गोष्ठि कोषाध्यक्ष कमला पाण्डेको सहजिकरणमा सम्पन्न भएको थियो ।कार्यशालामा पत्रकार महासंघ ,रुपन्देहीका सचिव सि पि खनाल, बुटवल उपमहानगरपालिका राजश्व शाखाका प्रमुख रोसन रेग्मि, पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार हरिष ढकाल नेपाल प्रेस युनियन केन्द्रिय सदस्य रेखा भुषाल फुलु सुनार, प्रेस सेन्टर केन्द्रिय सदस्य सरु राना, सञ्चारिका प्रदेश अध्यक्ष अमृता अनमोल,रुपन्देही अध्यक्ष मिना ढकाल, क्रियासिल महिला पत्रकार,इन्सेक प्रतिनिधि रिमा वि सि लगायत विज्ञहरूबाट पत्रकारिता सिद्धान्त, समाचार लेखन, स्रोतसँगको सम्वादकला, डिजिटल सुरक्षा लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।


कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ५० महिला पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।कार्यशालाबाट प्राप्त ज्ञान र सीपलाई आफ्ना पेशागत दैनिकीमा उपयोगी हुने प्रतिक्रिया मा छलफल भएको थियो।क्रियाशील महिला पत्रकार (Working Women Journalists - WWJ) नेपालमा सञ्चार क्षेत्रमा कार्यरत महिलाहरूको अधिकार, क्षमता विकास र लैङ्गिक समानताका लागि समर्पित एक गैर-सरकारी संस्था हो।यस संस्थाले विभिन्न सञ्चार माध्यमहरूमा कार्यरत महिला पत्रकारहरूलाई एक साझा मञ्च प्रदान गर्दै आएको छ।


कमेन्ट गर्नुहोस्