लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जित्यो

IMG

तिलोत्तमा। बार्सिलोनाले २८औं स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा इस्पानियोललाई २–० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।बार्सिलोनाको जीतमा खेलको ५३ औं मिनेटमा १७ वर्षीय लामिन यमालले  र इन्जुरी समयमा यमालकै पासमा फरमिन लोपेजले गोल गरे ।


अङ्क तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३६ खेलमा ८५  अङ्क भएको छ । दोस्रो स्थानको रियल म्याड्रिडको समान खेलमा ७८ अङ्क हुँदा तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७० अङ्क रहेको छ ।बार्सिलोनाले यो सिजनमा कोपा डेल रे कप र स्पेनिस सुपर कपको उपाधि पनि जितिसकेको छ ।

कमेन्ट गर्नुहोस्