लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुजारीका हत्या आरोपी दशरथ १९ वर्षपछि पक्राउ

IMG

बगौली । कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक बगौली गाविस–५ हाल मर्चवारी गाउँपालिका–६, बगौली बस्ने ३५ वर्षीय दशरथ कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।२०६३ भदौ २८ गते रुपन्देहीको साविक सिलौटिया गाविस वडा नम्बर १ हाल मर्चवारी गाउँपालिका वडा नम्बर ४, महादेवाका ३५ वर्षीय पुजारी कुर्मीलाई घरबाटै नियन्त्रणमा लिइ हत्या गरी फरार भएको दशरथमाथि अभियोग छ ।


प्रहरीका अनुसार पुजारी कुर्मीको शव २०६३ भदौ ३१ गते दिउँसो स्थानीय धान खेतमा सडेगलेको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा यस घटनामा दशरथ लगायतका व्यक्तिहरुको संलग्नता देखिएको दावी प्रहरीले गरेको थियो । घटनाको लगत्तै दशरथ फरार थिए ।जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले गोप्य सूचनाको आधारमा पक्राउ गरिएको बताए । उनले लुकिछिपी भारत तिर बसेको र अहिले नेपाल आएको अबस्थामा प्रहरीले दशरथलाई नेपाल आउंदै गर्दा बाटोबाट इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले पक्राउ गरेको कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्